कास्की अन्तरविद्यालय सिक्स-ए-साइड हक्कीमा सेन्ट फ्रान्सिस र कालिका बिजेता

पोखरा स्पोर्टस । प्रथम अन्तरविद्यालय सिक्स-ए-साइड हक्कीमा सेन्ट फ्रान्सिस र कालिका माविले जितेका छन् । कास्की जिल्ला हक्की संघको आयोजनामा पोखरामा बिहिबार सम्पन्न फाइनलमा छात्रतर्फ सेन्ट फ्रन्सिसले कालिका लाई र छात्रातर्फ कालिकाले विभुतीलाई पराजित गरेका हुन् ।

छात्रतर्फको फाइनलमा कालिका र सेन्ट फ्रान्सिसले निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिए पछि पेनाल्टी सुट आउटमा १–० गोल अन्तरले पराजित गरेको हो भने छात्रातर्फ समेत फाइनल स्पर्धा पेनाल्टी सुटआउटमा सकिएको हो । छात्रातर्फ समेत १–१ गते गोल अन्तरमा निर्धारित समय सकिए पछि पेनाल्टी सुटआउटमा २–० ले कालिका मावि विजयी भयो ।

त्यस्तै, तेस्रो स्थानका लागि भएको खेलमा छात्रातर्फ हिमालयन बोर्डिङ स्कुल र छात्रतर्फ माउन्ट हेभेन बन्न सफल भए ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने छात्र/छात्रा दुबैतर्फ नगद रु १०, ७ र ५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।

सम्पन्न प्रतियोगितामा सेन्ट फ्रान्सिसका विजय विक र विभुतीकी एन्जिला गुरूङ उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै सर्वाधिक गोलकर्ता छात्र÷छात्रातर्फ कालिकाका मोहन पुन र गिता पुन, वेष्ट डिफेन्डरमा सोही विद्यालयका मनोज मगर र रोजिना राना मगर घोषित हुँदा उत्कृष्ट गोलरक्षकमा छात्रतर्फ विभुतीकी इस्मिका थापा मगर र छात्रतर्फ सेन्ट फ्रान्सिसका सन्देश सुनार बन्न सफल भए ।

नेपाल हक्की संघ र प्रादेशिक हक्की संघको प्राविधिक सहयोगमा सञ्चालन भएको उक्त प्रतियोगितामा कास्की, तनहुँ र भक्तपुर गरी विभिन्न १८ विद्यालयका ३५ टिमको सहभागिता रहेको थियो । जस मध्ये छात्रतर्फ १८ रछात्रातर्फ १७ टिमले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितालाई सफल बनाउन सहयोग गर्नेहरु प्रति कास्की हक्कीका अध्यक्ष सुजन पुन, नेपाल हक्की संघका केन्द्रिय सदस्य हित कुमार गुरूङ र प्रदेश हक्की संघका अध्यक्ष दिपक बहादुर थापाले आभार व्यक्त गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

This will close in 3 seconds

Close
Close