
पोखरा स्पोर्टस । नेपाल ब्याडमिन्टन संघको आयोजनामा हुने भनिएको योनेक्स सनराईज एनबिए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप अनिश्चित कालका लागि स्थगित भएको संघले जनाएको छ ।
कोरोनाको दोश्रो लहर बढे संगै नेपालमा पनि कोरोनाका बिरामीहरुको संख्यामा बृद्धि भईरहेको अवस्थालाई उच्च जोखिम मध्य नजर राख्दै नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सुचना अनुसार अर्को सूचना प्रकाशित नभए सम्मका लागि स्थगित गरिएको संघद्वारा जानकारी गराईएको छ । कोरोना पछि केही जागेको खेलकूद पुनः कोरोनाको जोखिम वढे संगै त्यसको मार खेलकूदमा प्रत्यक्ष पर्ने भएको छ ।
साथै सोही कार्यक्रममा गर्ने भनिएको खेलाडी सम्मान कार्यक्रम समेत स्थगित गरिएको संघले जानकारी गराएको छ । यस अघि चैत्र १५ गते देखि आयोजना गर्ने भनिएको प्रतियोगिता बैशाख ४ देखि ८ सम्मका लागि सारिएको थियो ।
