वर्ष उत्कृष्ट पुरुष खेलाडीमा प्रदिप र महिलातर्फ अरुणा घोषित

स्पोर्टस् अवार्डमा छायो टेनिस

पोखरा स्पोर्टस । पोखरा स्पोर्टस अवार्ड २०७८ मा वर्ष गण्डकी उत्कृष्ट पुरुष खेलाडीतर्फ प्रदिप खड्का र महिला तर्फ अरुणा शाही घोषित भएका छन् ।

पोखरामा शनिवार सम्पन्न अवार्डमा वर्ष पुरुष उत्कृष्टतर्फ टेनिसका प्रदिप खडका घोषित भए । उनले मनोनयनमा परेका आफ्ना दुई प्रतिष्पर्धी सितेरियो कराँतेका वुद्ध लामा र व्याडमिन्टनका विधान अधिकारीलाई पछि पार्दै वर्ष उत्कृष्ट हात पारे । उनले ट्रफी संगै २ लाख १० हजार पर्ने इलेक्ट्रिक स्कुटर समेत प्राप्त गरे ।

वर्ष उत्कृष्ट पुरुष खेलाडी– प्रदिप खड्का (टेनिस)
वर्ष उत्कृष्ट महिला खेलाडी– अरुणा शाही (भलिबल)
उदियमान खेलाडी–दर्शिल श्रेष्ठ (टेनिस)
वर्ष उत्कृष्ट प्रशिक्षक–निरज थापा (टेनिस)
वर्ष उत्कृष्ट खेल संघ–गण्डकी प्रदेश तेक्वान्दो संघ 
वर्ष उत्कृष्ट खेल पत्रकारिता अवार्ड–दिपक परियार
लाइफ टाइम अचिभ्मेन्ट– गणेश बहादुर भट्टराई

यता महिलातर्फ नेपाली महिला टिमकी टिम कप्तान समेत रहेकी अरुणा शाही वर्ष उत्कृष्ट महिला खेलाडी घोषित भइन् । उनले आफ्ना दुई प्रतिष्पर्धी क्रिकेटकी मनिषा उपाध्यय र करातेकी सरगम कुमाललाई पछि पार्दै उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । उनले अवार्ड संगै २ लाख १० हजार पर्ने इलेक्ट्रिकल स्कुटर हातपार्न सफल भएकी छन् । अरुणा दोस्रो स्पोर्टस अवार्डकी समेत उत्कृष्ट खेलाडी हुन् । उनको यो उपाधि दोस्रो हो । दुई पटक स्पोर्टस अवार्ड हात पार्ने उनी पहिलो खेलाडी समेत बनेकी छन् ।

अवार्ड अन्तर्गत नै उत्कृष्ट प्रशिक्षकको अवार्ड टेनिसका निरज थापाले हात पारे । उनले अवार्ड संगै नगद ३५ हजार नगद प्राप्त गरे भने उदियमान खेलाडीको उपाधि टेनिसका दर्शिल श्रेष्ठले प्राप्त गर्न सफल भए । दर्शिलले अवार्डका साथमा नगद ३५ हजार हात पारे ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको छैटौं पोखरा स्पोर्टस अवार्डमा वर्ष उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड दिपक परियारले प्राप्त गरेका छन् । उनले अवार्ड संगै नगद ३५ हजार हात पारे । यस संगै उक्त कार्यक्रममा नेपालको बक्सिङ खेलमा लामो योगदान दिएका पूर्व अन्तर्राष्ट्रिय खेलाडी गणेश बहादुर भट्टराई लाइफ टाइम अचिभ्मेन्ट अवार्डबाट सम्मानित भएका छन् । यसै गरी उत्कृष्ट खेल संघको रुपमा गण्डकी प्रदेश तेक्वान्दो संघ  घोषित भएको छ ।

उनीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली लगायतले अवार्ड तथा नगद वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close