
पोखरा स्पोर्टस । गण्डकी प्रदेशको राजधानी पोखरा केन्द्रित नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । त्यसैको पूर्व सन्ध्यामा पोखरा महानगर खेलकुद विकास समितिले दौड कार्यक्रम आयोजना गर्यो । सोमबार आयोजित दौडका लागि विभिन्न विद्यालयका विद्यार्थी देखि विशिष्ट व्यक्तित्वहरु पोखरा रंगशाला परिशरमा आए ।
पोखरा महानगरका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङलगायतको उपस्थिती रंगशालामा थियो । तर विहान ७ बजे सुरु हुने भनिएको पोखरा रंगशालामो मुख्य ट्रयाक एण्ड फिल्डको ढोका खुलेन । प्रमुख आचार्य, उपप्रमुख गुरुङ, वडा अध्यक्षहरु, खेलाडीहरु आयोजक समितिका पदाधिकारीहरु रंगशालामा असरल्ल थिए ।
आयोजक खेलकुद समितिले एक दिन अगावै माइक सिष्टम मुख्य रंगशालामा जडान भइसकेको थियो । तर एक घन्टा ढिलो हुँदा र खेलकुदका कर्मचारीलाई गुहार्दा समेत ढोका खुलेन । केही शिप नलागे पछि दौड बाहिर बाटै सुरु गरियो एक घन्टा ढिलो । आयोजकसमितिका सदस्य सचिव सुभास खड्काले रंगशाला प्रयोग गर्न पश्चिमाञ्चल क्षेत्रिय खेलकुदलाई पत्राचार गरी माइक समेत जडान गरिएको पोखरा स्पोर्टसलाई बताए । उनले भने–“हामीले पत्राचार गर्ने देखि सबै सल्लाह गरेका थियौं । त्यही अनुरुप माइक पनि जडान गरेका थियौं । तर रंगशालाको चावी नखुल्दा बाहिर बाटै कार्यक्रम सुरु गर्यौं ।” उनले भने पोखराको खेलकुदको इतिहासमा यो भन्दा ठूलो अपराध केही हुन सक्दैन यो खेलकुदको विकास नचाहने हरुको ठूलो षड्यन्त्र हो ।”
नवौं राष्ट्रिय खेलकुद सुरु हुन १७ दिन मात्रै बाँकी छ । नवौंको प्रचार प्रसार होस भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको सदस्य सचिव खड्काले बताए । “हामीले के त्यस्तो अपराध गरेका थियौं र ?” उनले प्रश्न गर्दै भने–“नदिनु नै थियो भने किन नाटक रचियो पहिल्यै भनेको भए हामी आफ्नो सुर गर्ने थियौं । यो निर्वाचित प्रमुख उप्रप्रमुखको मात्रै होइन समग्र स्थानिय सरकारको समेत वेइज्जत हो । ”
पोखरा महानगर वडा नं १०मा रहेको पोखरा रंगाशालाको मुख्य फुटबल स्टेडिएम निर्माण कम्पनीलाई वुझाउनु पर्ने रकम समयमा नपाएकोले निर्माण कम्पनीले ताला नखोलेको चर्चा भए पनि नवौं राष्ट्रिय खेलकुद आयोजक समितिको सदस्य र नवौंको होष्ट शहरका प्रमुख नै उपस्थित भएको तथा पोखरा महानगरले आयोजना गरेका कार्यक्रममा रंगशाला गरिएको व्यवहारले नवौंमा महानगरले के गर्ला भन्ने चर्चा पनि उत्तिकै छ । पोखरा महानगरले नवौंका लागि आफ्नो तयारी गरिरहेको छ भने यस अघि १३ औं दक्षिण एसियाली खेलकुदमा पोखरा महानगरले रंगशाला परिशर, हल निर्माण, सडक पिचलगायतका पूर्वाधारमा ठूलो रकम खर्चिएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष राजन पौडेल आफ्नो फेसबुकमा यसरी आफ्नो भावना यसरी पोखे–
पोखरा रंगशालामा रहेको फुटबल स्टेडिएम भित्र एथलेटिक्स ट्र्याकमा जानका निम्ति खेलाडी तथा पोखरा महानगरका मेयर र उप मेयर तर पश्चिमाञ्चल खेलकुद बिकास समिति अन्तर्गत रहेको खेलस्थल जाने मुल द्वारको चाबी उक्त कार्यालयका प्रमुखले खोल्न नसकेर आज खेलाडी र नगर प्रमुखको अपमान गरिएको छ।
यो खेल मैदान अरु बेला रकम तिरेर जुनसुकैस्तरको खेल पनि खेलाउँदै आएको देखिन्थियो । त्यस बेला कार्यालय प्रमुखले खोल्न सक्थे तर आज नगर खेलकुदले आयोजना गरेको ५ कि मि र १० कि मि दौडका लागि पश्चिमाञ्चल खेलकुद बिकास समिती लाई पत्राचार गर्दा पनि स्थान उपलब्ध गराउन नसकेको र खेल पोखरा रंगशालाको सडक बाट नै सुरु गर्नु परेको छ । यो खेलकुद का निम्ति दुर्भाग्यपूर्ण हो । यो पश्चिमाञ्चल खेलकुद बिकास समितिमा पनि पैसो लिएर गए मात्र स्थान पाउने रहेछ चाहे जस्ता आएर अन्तर्राष्ट्रिय प्रतियोगिता भनेर खेलाए हुने रहेछ।

It is not first time they behave this kind of rude behave.myself I am also an eyewitness of this behaviour before in pradesh khelkud opening ceremony for 9 th national game selection.no idea who is behind this issue.local government gandaki provience govt act asap fot this issue seriously. By this kind of behavour how can we host 9th national game.