टिम टेनिस नेपाल जुनियर टेनिस यू १६को फाइनलमा गण्डकीका ‘सुरेन्द्र’

पोखरा स्पोर्ट्स । टिम टेनिस नेपालद्वारा आयोजित जुनियर यू–१६ ब्वाइजतर्फको फाइनलमा गण्डकीका सुरेन्द्र विकले फाइनलमा स्थान बनाएका छन् ।

पहिलो पटक सहभागिता जनाएका सुरेन्द्र र गण्डकीका अर्का खेलाडी शरण विकलाई सेमीफाइनलमा भेट पक्का गरेका थिए । आइतबार भएको सेमीफाइनलमा आफनै टिम म्याट शरणलाई २–० को सोझो सेटमा पराजित गरेका हुन् ।

पहिलो सेट ६–१ ले जितेका सुरेन्द्रले दोस्रो सेटमा शरणलाई अंक बटुल्ने कुनै मौका नै दिएनन् । दोस्रो सेट सुरेन्द्रले ६–० ले जित्दै फाइनलको यात्रा तय गरे ।

यता सुरेन्द्र संग सेमीफाइनलमा पराजित हुँदै शरणले काश्य पदक जितेका छन् । फाइनल खेल भोली हुनेछ ।

भर्खरै १४ वर्षमा टेकेका सुरेन्द्र निकै अनुभवी खेलाडीको रूपमा कोर्टमा प्रस्तुत हुने गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष बिनोद कायस्थले पोखरा स्पोर्टसलाई बताए । १२ वर्षको उमेरबाट खेल्छ गण्डकी कार्यक्रममार्फत जुनियर टेनिसमा प्रशिक्षण लिइरहेका उनले आफूलाई टेनिसमा पूर्ण रुपमा निखारेका छन् ।

कसिलो शरिर र कडा प्रहार गर्न क्षमता राख्ने सुरेन्द्र एक दिन नेपाली टेनिसमा सर्वोत्कृष्ट खेलाडीको रुपमा आफूलाई स्थापित गर्ने अध्यक्ष कायस्थले जनाए । पहिलो पटक कुनै पनि ठूलो प्रतियोगितामा सहभागता जनाएका उनले क्वार्टरफाइनलमा नेपाल नं २ लाई पराजित गर्नुनै महत्वपूर्ण रहेको जनाए । उनले भने–“टेनिसका लागि काठमाण्डौ हव नै हो । पोखरामा प्रशिक्षण गरेर त्यहाँ खेल्नु अनि जित हासिल गर्नुनै महत्वपूर्ण हो । जसमा सुरेन्द्र आफ्नो पहिलो प्रतियोगितामा आफूलाई स्थापित गर्न सफल रह्यो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close