गण्डकी प्रदेश फुटबल संघले यू–१७ खेलाडी छनोट गर्ने

पोखरा स्पोर्ट्स । आगामी सन् २०२५ मा श्रीलंकामा आयोजना हुने “SAFF U-17 Championship” को तयारीस्वरूप अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत गण्डकी प्रदेश फुटबल संघले खेलाडी छनोट कार्यक्रमको आयोजना गर्ने भएको छ ।

गण्डकी प्रदेशका ११ जिल्लाका जिल्ला फुटबल संघहरुलाई सम्बोधन गर्दै गण्डकी प्रदेश फुटबल संघले पठाएको पत्रनुसार अनुसार छनोट कार्यक्रम २०८२ श्रावण १३ र १४ गते पोखरा रंगशालामा सञ्चालन हुनेछ ।

उक्त छनोट कार्यक्रममार्फत योग्य खेलाडीहरूलाई सिफारिस गरी राष्ट्रियस्तरको प्रशिक्षणका लागि अन्तिम चरणको छनोटका लागि पठाइने संघका महासचिब बिनोद गुरूङले जनाएका छन् । साफ यू–१७ प्रतियोगिता आगामी २०२५ सेप्टेम्बर १५ देखि २७ सम्म श्रीलंकामा हुने तय भएको छ।

कार्यक्रममा सहभागी हुन इच्छुक खेलाडीहरूले अनिवार्य रूपमा नागरिकता प्रमाणपत्रको सक्कल प्रति लिएर उपस्थित हुनुपर्ने पत्रमा जनाइएको छ ।

संघका महासचिव गुरुङद्वारा हस्ताक्षरित पत्रमा प्रत्येक जिल्ला फुटबल संघलाई समयमै खेलाडीहरू पठाउन अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close