भारत पनि आर्चरीमा सहभागी हुने, पोखरामा आउने खेलाडीको सख्यां बढ्यो

पोखरा, आसन्न १३ औं दक्षिण एसियाली खेलकुद सागका लागि पोखरामा आउने खेलाडीको सख्यां बढने भएको छ । भारतले अन्तिम समयमा आएर आर्चरीमा खेलाडी पठाउने भएपछि पोखरामा आउने खेलाडीको संख्या बढ्ने भएको हो ।

अब पोखरामा आउने खेलाडीको सख्याँ ८ सय २४ बाट बढेर ८ सय ४० पुगेको छ । यसअघि आर्चरीमा भारत सहभागी नहुने भएपछि ८ सय २४ खेलाडीमात्रै पोखरा आउने तय थियो । तर, अन्तिम समयमा भारत पनि आर्चरी भाग लिने भएपछि खेलाडी संख्या बढेको १३ औँ साग प्राविधिक समितिका सचिव बलराम लामाले जानकारी दिए ।

‘पहिले भारत आर्चरीमा सहभागी नहुने भनेको थियो, तर, अन्तिम समयमा आएर सहभागी भयो,’ लामाले भने, ‘आर्चरीका लागि ८ पुरुष र ८ महिला भारतबाट खेलाडी आउने भएका छन् ।’ आर्चरीको १० स्वर्ण पदकका लागि भारतसहित, नेपाल, बंगलादेश, पाकिस्तान, भुटान र श्रीलंकाले प्रतिसपर्धा गर्ने भएका छन् ।

पोखरामा हुने आर्चरी, भारोत्तोलन, ह्याण्डबल, फुटबल, विच भलिबल, ट्राइयाथोलन, ब्याडमिन्टन र महिला क्रिकेट खेलमा प्रतिस्पर्धाका लागि पुरुष भन्दा महिला खेलाडीको संख्या बढी छन् । आठ खेलका लागि ४ सय ९ जना महिला र ३ सय २९ जना पुरुष खेलाडी सहभागी हुने छन् ।

भारतबाट ५ खेलको लागि १ सय ८० जना खेलाडी तथा अफिसियलको सहभागीता रहने छ । जसमा ४९ जना पुरुष, ६९ जना महिला खेलाडी तथा २५ जना अफसियल रहेका छन । भारतले महिला क्रिकेटमा भने सहभागीता जनाएको छैन ।

माल्दिभ्सबाट ५ खेलमा १ सय ३६ खेलाडि तथा अफियलको सहभागीता रहेको छ जसमा पुरुष ४१, महिला ६१ र ३४ अफिसियलको सहभागीता रहेको छ । माल्दिभसले आर्चरी, भारोत्तोलन र ट्राइयाथोलनमा सहभागीता जनाएको छैन ।

बंगलादेशबाट ६ खेलको लागि खेलाडि तथा अफिसियल गरि १ सय ५० जनाको सहभागीता रहेको छ जसमा पुरुष ५९ जना, महिला ५५ र ३६ जना अफिसियल रहेका छन । बंगलादेशले महिला फुटबल र ट्राइयाथोलनमा सहभागीता जनाएको छैन ।

पाकिस्तानबाट ५ खेलमा ९४ जना खेलाडी तथा अफिसियलेको सहभागीता रहेको छ । जसमा पुरुष ३८ जना, महिला ३५ र अफिसियल २१ जनाको सहभागीता रहेको छ । पाकिस्तानले महिला फुटबल, महिला क्रिकेट र ट्राइयाथोलनमा सहभागीता जनाएको छैन ।

श्रीलंकाले आठ खेलमा १ सय ७५ जना खेलाडी तथा अफिसियलको सहभागीता रहेको छ । जसमध्ये पुरुष खेलाडी ६१, महिला खेलाडि ८१ र अफिसियल ३३ जनाको सहभागीता रहेको छ ।

भने भुटानबाट चार खेलको लागि खेलाडि तथा अफिसियल गरी ४२ जनाको सहभागीता रहेको छ । जसमध्ये पुरुष २९, महिला ६ तथा अफिसियल ७ जना रहेको छ । प्रतियोगितामा सबैभन्दा कम सहभागीता भुटानको रहेको छ । भुटानले ह्याण्डबल,महिला फुटबल, विच भलिबल र ट्राइयाथोलनमा सहभागीता जनाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close