नेपालको जेठो म्याराथन पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई अन्तर्राष्ट्रिय मान्यता, पायो एम्सको सदस्यता

पोखरा स्पोर्टस । नेपालकै जेठो म्याराथन–‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ले अन्तर्राष्ट्रिय मान्यता पाएको छ ।

विश्वभरका दौडहरु ‘वर्ल्ड रनिङ’को छाता संगठन एसोसियन अफ म्याराथन एण्ड डिस्टेन्स रेसेस (एम्स)को सदस्यता प्राप्ती संगै यसले अन्तर्राष्ट्रिय मान्यता पाएको हो ।

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आएको पोखरा अन्तर्राष्ट्रिय म्याराथनले १६ औं संस्करण पार गरिसकेको छ भने आगामी फागुन ६ गते १७ औं सस्करणको तयारीमा जुटिसेको छ ।

हालै मात्रै पोखरा अन्तर्राष्ट्रिय म्याराथनको दौड रुटले मान्यता पाएको थियो भने लगतै एम्सको समेत सदस्य प्राप्त गर्न सफल भएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताएका छन् । “यो हाम्रो लागि निकै गर्वको विषय हो । नेपालको जेठो म्याराथनको रुपमा स्थापित पोखरा म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पाउनु पोखरेली खेलप्रेमीहरुको लागि गौरवको विषय हो ।”

अध्यक्ष पराजुलीले पोखरा म्याराथनलाई यहाँ सम्म ल्याइ पुर्‍याउन सहयोग गर्न स्वदेशदेश तथा विदेशमा रहेका मञ्चका २४० भन्दा वढि आजिवन सदस्यहरु, कार्यसमितिका सदस्य, पदाधिकारी र सल्लाहाकारहरु संगै सहयोगी मनहरु प्रति आभार व्यक्त गरेका छन् । उनले भने–“यो सदस्यता प्राप्त गर्नुमा सबैको उत्तिकै सहयोग र साथ छ । गण्डकी प्रदेश सरकार, पोखरा महानगर पालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, आम पोखरेलीहरु र विदेशमा रहेर संधै सहयोगको लागि उत्प्रेरणा जगाउने मनहरु संग यो खुसीलाई सामुहिक रुपमा हामी बाँड्न चाहन्छौं ।”

सदस्यता प्राप्त गरे संगै एम्सका अध्यक्ष पाको बोराओले मञ्चलाई बधाई दिंदै म्याराथनको अन्तर्राष्ट्रिय यात्रामा संग–संगै हिड्न पाउँदा खुसी लागेको बताएका छन् ।

यसै गरी उक्त सदस्यताका लागि विगत तिन वर्ष देखि परिकल्पना संगै योजना बनाउन अहम भूमिका खेल्ने मञ्चका निवर्तमान अध्यक्ष तेज गुरुङले खुसी व्यक्त गर्दै पोखरा म्याराथनले अब विश्वका धावकहरुको ध्यान आकृष्ट गर्ने बताए । उनले भने–“जव म मञ्चको अध्यक्षमा निर्वाचित भए । मेरो एउटा सपना थियो । पोखरा म्याराथनलाई बलियो अन्तर्राष्ट्रिय संस्थाको सञ्जालमा प्रवेश गराउन । त्यो थियो एम्स । हामीले धेरै पटक यसबारे वहश मात्रै चलाएनौ । सार्वजनिक कार्यक्रममा समेत उद्घोष गरेका थियौं । सन २०२३ सम्म एम्सको सदस्यता प्राप्त गर्ने छौं भनेर ।”

“अहिले त्यो सपना पुरा भएको छ”–प्रदेश खेलकुद परिषद गण्डकीका संस्थापक तथा निवर्तमान सदस्य सचिव समेत रहेका गुरुङले भने–“अव म्याराथनको पहिलो पुरस्कार राशी १० लाख पुर्‍याउन सक्यौं भने पोखरा, म्याराथन शहरको रुपमा विश्वमा अंकित हुनेछ । यसका लागि पोखरा महानगर, प्रदेश सरकारले यसलाई गम्भिर रुपमा सोच्ने बेला आएको छ । पोखरा अव खेलकुदको माध्यमबाट समेत विश्वमा पहिचान बोक्ने छ । जसले खेलकुद मार्फत समृद्धि प्राप्त गर्ने बाटो तय हुनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close