कर्पोरेट व्याडमिन्टन : काठमाण्डु टिम च्याम्पियनको उपाधी टेलिकमलाई

पोखरा स्पोर्टस । राजधानीमा जारी कुमारी बैंक काठमाण्डु टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) को उपाधी नेपाल टेलिकमले जितेको छ ।

काठमाण्डौ ब्याडमिन्टन एकेडेमीको आयोजनामा पहिलो पटक आयोजित च्याम्पियनसिप फाईनलको पहिलो खेलको पुरुष एकलमा टेलिकमका रत्नजित तामाङ्गले सिल्क ग्रुपका बिकास श्रेष्ठमाथि २१–१८, २१–१३ को जित निकाल्दै टेलीकमलाई १–० को अग्रता दिलाएका हुन् ।

दोश्रो खेलमा सिल्ककी अनुमाया राई टेलीकमकी सिमा राजबंशीमाथि हावी भईन् । राईले सिमालाई २१–१४, २१–१५ को जित निकाल्दै खेललाई एक एकको बराबरीमा ल्याईन् । तेश्रो कर्पोरेट पुरुष युगल खेलमा टेलिकमका सुरेन्द्र सिंह कार्की र हरिकृष्णन शर्माको जोडीले सिल्कका सुबाश अधिकारी र रमेश शेर्पाको जोडीलाई २१–१२, २१–५ ले जित निकाल्दै खेललाई २–१ को अवस्थामा पु¥याए ।

चौथो महिला युगलको खेलमा टेलिकमकी सिमा राजबंशीको घुँडामा चोट बल्झे पछि रिटायर्ड हर्ट भई खेल छोडे पछि परिणाम २–२ को अवस्थामा पुग्यो । तर अन्तिम तथा निर्णायक खेल पुरुष युगलमा सिल्कका रमेश शेर्पा र बिकास श्रेष्ठको जोडी तथा टेलिकमका हरि कृष्णन शर्मा र रत्नजित तामाङ्गविच भएको खेलमा पहिलो गेम रत्न र हरिकृष्णनले २१–१७ ले जित्दै टिमलाई १–० को अग्रता दिलाए । दोश्रो गेम पनि २२–२० ले जित्दै २–० का साथ उपाधीमाथि आधिपत्य जमाए ।

कुमारी बैंकको मुख्य प्रायोजन रहेको च्याम्पियनसिपका बिजयी टिमले १५ केजीको ८ लाख बराबरको चाँदीको चार सटल रहेको रनिङ्ग ट्रफीका साथ मेडल र गिफ्ट ह्याम्पर प्राप्त गरे ।

नेपाल ब्याडमिन्टन संघ, काठमाण्डौ जिल्ला ब्याडमिन्टन संघको सहयोगमा भएको च्याम्पियनसिमको बिजयी टिम तथा खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका सचिव रामजी बहादुर श्रेष्ठ लगायतले ट्रफी, मेडल, प्रमाण पत्रका साथै गिफ्ट ह्याम्पर प्रदान गरे ।

करिब ४९ लाख ४६ हजार लागत रहेको च्यामिपयनसिपमा खेलाडीहरुले दर्ता हुने वित्तिकै २० हजार प्राप्त गरे भने प्रत्येक खेलबापत थप २५ सय प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close