
पोखरा स्पोर्ट्स । नेपाल जिम्न्याष्टिक संघको केन्द्रीय साधारण सभाले ध्रुवबहादुर प्रधानलाई अध्यक्षमा निरन्तरता दिदै २२ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।
उपाध्यक्षमा बाबुराम थापा, दीपकृष्ण प्रजापति, सुशिलप्रकाश प्रधान, वचन देउजा, प्रमिला सिंह श्रेष्ठ र राजकुमार कार्की रहेका छन् । मुकुन्दराज शर्माले महासचिव, रामप्रसाद बस्याल र डा.कुस्मिला आचार्यले सचिव, सुनिलमान सिंहले कोषाध्यक्ष र संगिता खड्काले सह–कोषाध्यक्षको जिम्मेवारी पाए ।
त्यस्तै सूर्यबहादुर अधिकारी, श्रीप्रसाद कोजु, विष्णुनारायण ग्वाछा, निरज थापा, शिवप्रसाद गौतम, राजु केसी, राजु कायश्थ, पर्मेश्वर जोशी, राजेशमान श्रेष्ठ र विवेकानन्द चौधरी सदस्यमा चयन भए ।
नवनिर्वाचित पदाधिकारीलाई राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।
