पोखरामा एनटिए जेटिआई टेनिस फेष्टिभल कार्यक्रम सम्पन्न (भिडियो सहित)

पोखरा स्पोर्टस । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित ‘एनटिए जेटिआई जुनियर टेनिस फेष्टिभल’ कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा रंगशाला स्थित टेनिस कोर्टमा १० दिन देखि जारी उक्त कार्यक्रम शनिवार सम्पन्न भएको हो । उक्त कार्यक्रम अन्तरगत ४ वर्ष देखि १४ वर्ष उमेर समुहका ३० जना वालवालिका टेनिस प्रशिक्षणमा सहभागीता जनाएको कास्की जिल्ला टेनिस संंघका सचिब नविन चालिसेले जानकारी दिनुभयो । “कोभिडको कहर जारी रहेकै वेलामा पनि यो कार्यक्रम निकै उत्साहपुर्ण वातावरणमा सम्पन्न भएको छ”, उहाँले भन्नुभयो–“सानो उमेरवाटनै वालवालिकामा टेनिस प्रति उत्साह जगाउन तथा खेलाडी उत्पादन गर्न यो कार्यक्रम आयोजना गरेका हौं ।”

समापन कार्यक्रममा नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले कास्की जिल्ला टेनिस संघ नयाँ मिसनका साथ अघि वढेको बताउँदै पोखरामा रहेको टेनिस पुर्वाधारले भविष्यमा नेपालको प्रतिनिधीत्व गर्ने खेलाडी उत्पादन हुनेमा आफु निकै आशावादी रहेको बताउनुभयो ।

त्यस्तै जेटिआइ टेनिस कार्यक्रम नेपालका संयोजक तथा टेनिसका प्रशिक्षक कृष्णराज घलेले पोखरामा टेनिसको माहोल देख्दा खुसी लागेको बताउँदै १० दिनमा वालवालिकाहरु निकै उत्साहका साथ सहभागी भएको बताउँदै भन्नुभयो–“पोखरा काठमाडौं पछिको दोश्रो टेनिसको हव भएकोले पनि यहाँको टेनिस खेल आशालाग्दो रहेको छ ।”

नेपालका पुर्व नं १ टेनिस खेलाडी तथा प्रशिक्षक जितेन्द्र परियारले पोखरामा टेनिस खेलप्रतीको उत्साहले भविष्यमा पोखराले धेरै नं १ खेलाडीहरु उत्पादन गर्न सक्नेतर्फ संकेत गरेको बताउनुभयो । “यो १० दिने प्रशिक्षणको अभियानले पनि निकै राम्रो संकेत गरेको छ”, उहाँले भन्नुभयो–“पोखरा आफै पनि खेलकुदको हव भएकोले यहाँका खेलाडीमा खेल प्रतिको चासो निकै गहिरो छ ।”

उक्त कार्यक्रममा सहभागी वालवालिका लाई कास्की टेनिस संघले प्रमाणपत्र समेत प्रदान गरेको छ । कार्यक्रममा युवा टेनिस खेलाडीद्वय श्रेया भट्टराई र नेहाल जंङ्ग, अभिभावकका तर्फ वाट भिष्म पौडेलले आ–आफ्ना धारणा राखेका थिए । समापन कार्यक्रम कास्की टेनिस संघका प्रथम उपाध्यक्ष लोक गुरुङको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close