
पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष ध्रुव आचार्यलाई राखेपका पूर्व उपाध्यक्षले बुधबार बधाई दिएका छन् ।
पूर्व उपाध्यक्षद्वय पिताम्बर तिम्सिना र शिव कोइरालाले त्रिपुरेश्वरस्थित राखेपमा भेट गरी उपाध्यक्ष आचार्यलाई बधाई दिदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए ।
पुर्व उपाध्यक्षहरुले नव नियुक्ति उपाध्यक्षलाई पहिलो पटक यसरी भेट गरी बधाई दिएका हुन् । उनीहरुले संयूक्त रुपमा नवनियुक्त उपाध्यक्षलाई भेट दिए पछि खेलकुद वृतमा चर्चाको विषय समेत बनेको छ । धेरैले भनेका छन्–“यो राम्रो सुरुवात हो । आफू पदमा होस वा नहुँदा यसरी भेट गरी भेट गर्नु सुखद हो । यसले नेपाली खेलकुदमा सकरात्मक सन्देश दिन्छ भने समस्याहरु समाधान गर्न समेत सहज हुन्छ ।”
भेटका अवसरमा उनीहरुबीच खेलकुदको समसामायिक विषयमा छलफल भएको थियो ।
