त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य अन्तिम चरणमा–प्रम ओली

पोखरा स्पोर्टस । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । समयमै निर्माण सम्पन्न नभएपछि जिम्मेवारी लिएका निर्माण कम्पनीले हर्जाना तिर्दै काम गरिरहेको उनले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीका अनुसार निर्माणमा ढिलाइ हुनामा वर्षा र अन्य प्राविधिक कारणले भूमिका खेलेका छन् । यद्यपि, सरकारले कामको गुणस्तरमा सम्झौता नगर्ने नीति अनुरूप अब परिणाममुखी कार्यशैली अपनाइएको उनको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम तोकिएको समयमा सम्पन्न नहुदा हर्जाना तिरेर काम गरिरहेको बताउदै सरकारले जसरी पनि काममा नतिजा निकाल्न र थिति बसाल्न दण्ड पुरस्कारको व्यवस्था गरेको उल्लेख गर्दै सरकारी निर्माण सम्बन्धी भइरहेका अन्य काममा पनि यसलाई पालना गराउन लागेको बताएका छन् ।

उनले भनेका छन्- कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ। तोकिएको समयमा सम्पन्न नहुँदा निर्माण कम्पनीले हर्जाना तिर्दै काम गरिरहेको छ। तीन सिफ्टमा काम गर्दा पनि  वर्षा लगायत अन्य प्राविधिक कारणले ढिलाइ भएको हुन सक्छ। तर अहिले सरकारले जसरी पनि काममा नतिजा निकाल्न र थिति बसाल्न दण्ड पुरस्कारको व्यवस्था गरेको छ । सरकारी निर्माण सम्बन्धी भइरहेका अन्य काममा पनि यसलाई पालना गराउन लागेका छौं।

रंगशालाको मैदानको प्यारापिट बनाउन बीकेओआई केसीडीसी बीजी जेभी र फ्लडलाइट जडानका लागि विशन ईश्वरी जेभीसँग फागुन १९ र २२ गते सम्झौता भएको थियो । प्यारापिटको लागि ४९ करोड २५ लाख र फ्लडलाइटको लागि ४७ करोड ३७ लाख रुपैयाँमा सम्झौता भएको थियो ।

सहरी विकास मन्त्रालयका अनुसार ठेकेदार कम्पनीले सम्झौताअनुसार काम समयमा नसकाएका कारण दैनिक जरिवाना लागु भएको छ । सम्झौतामा योजनाको कुल लागतको ०.०५ प्रतिशत दैनिक हर्जाना तिर्नुपर्ने व्यवस्था छ, जसअनुसार ठेकेदार कम्पनिले दैनिक करिब दुई लाख जरिवाना तिरेर अहिले द्रुतगतिमा काम गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close