पोखरा अन्तर्राष्ट्रिय म्याराथन : ह्विल चियर र दृष्टिबिहिन दौड सम्पन्न

पोखरा स्पोर्टस । पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत शनिबार पोखरामा ह्विल चियर महिला÷पुरूष र दृष्टिबिहिन महिला÷पुरूष दौड सम्पन्न भएको छ । १९ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत सम्पन्न पुरूष ह्विल चियर दौड २ किमितर्फ काठमाण्डौका सन्तोष कार्की पहिलो भएका छन् । त्यसै गरी काठमाडौकै दिपक आले मगर दोस्रो हुँदा पोखराका सुरेश गौलीले तेस्रो स्थान प्राप्त गरे ।

यसै गरी महिला ह्विल चियर १ किमि दौडमा काठमाण्डौकी सृजना कार्की पहिलो भइन् भने काठमाण्डौकै हिमा कुमारी लम्साल दोस्रो हुँदा पोखराकी पुनम बिकले तेस्रो स्थान हात पारिन् । 

सोही प्रतियोगिताअन्तर्गत सम्पन्न दृष्टिबिहिन दौड पुरुषतर्फ जीवन थापाले पहिलो स्थान हात पारे । सोही दौडमा ऋषी लोहनी दोस्रो हुँदा विरेन्द्र लामिछाने तेस्रो भए । महिलातर्फको दौडमा बिनिता पुन पहिलो, देबी बराल दोस्रो र सचिना सुवेदी तेस्रो भइन् ।

बिजेताहरु पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश जनही नगद रु १० हजार, ७ हजार र ५ हजारका साथमा प्रमाणपत्र र १९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको लोगो अंकित टिशर्ट प्राप्त गरे ।

यस अघि प्रातियोगिताको उद्घाटन नेपाली सेना पश्चिम पृतना हे.क्वाका पृतनापति उपरथी मधुकर सिंह कार्कीले गरेका थिए ।

बिजेता खेलाडीहरुलाई प्रमुख अतिति उपरथी कार्कीसहित गैर आवाशिय नेपाली संघ आइसिसीका सल्लाहकार एवं पोखरा रंगशाला निर्माण समिति यूकेका संयोजक सूर्य गुरूङ, अपाङ्गता दौडका प्रायोजक देवान गुरूङ, पोखरा अन्तर्राष्ट्रिय म्याराथनका अन्तर्राष्ट्रिय पार्टनर संस्थाका अध्यक्ष करम गुरूङ, पर्फेक्ट डेन्टल केयरका डा.उमेश पराजुली, फ्रेन्डस अफ पोखरा युएसएका टप गुरूङ, मञ्चका पूर्व कोषाध्यक्ष लोक गुरूङ, सल्लाहकार महेश गुरूङ, तिलक केसी, मञ्चका निवर्तमान अध्यक्ष हरिप्रसाद पराजुली, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, १९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनका संयोजक खेम गुरूङ, पूर्व अध्यक्ष तेज बहादुर गुरूङ, अपाङ्गता दौड उपसमितिका संयोजक अमृत बराल, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कन्चन थापालगायतले नगद, प्रमाणपत्र तथा गिफ्टह्याम्पर प्रदान गरेका थिए ।

सो अवसरमा मञ्चका अध्यक्ष दिल बहादुर गुरूङले सहभागिताका लागि आभार व्यक्त गर्दै अपाङ्गता दौड सफल बनाउन सहयोग गर्नेहरु प्रति आभार व्यक्त गरे । उनले फागुन ३ गते हुने १९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन आग्रह समेत गरे ।

प्रतियोगितामा ह्विलचियर पुरूषतर्फ १८ जना र महिलातर्फ ९ जना पुरुष दृष्टिविहिन दौड पुरुषतर्फ ३१ जना र महिलातर्फ ११ जना गरी कुल ६९ जनाको सहभागिता रहेको थियो ।

पोखरा अन्तर्राष्ट्रिय म्याराथन भने फागुन ३ गते शनिबार हुनेछ । पोखरा अन्तर्राष्ट्रिय म्याराथन पोखरा रंगशालाबाट सुरू भई लेकसाइड हल्लनचोकमा पुगेर सम्पन्न हुनेछ ।
तस्बिर : योगेन्द्र श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close