साफ यू-२० महिला च्याम्पियनसिप: आज नेपालको सामना श्रीलंकासँग

पोखरा स्पोर्टस ।  नेपाल साफ यू-२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज श्रीलंकाविरुद्ध खेल्दै छ ।

यो खेल नेपाली समय अनुसार साँझ ६: ४५ बजेदेखि शुरु हुदैछ । बंगलादेशको ढाकास्थित बसुन्धारा किंग्स एरिनामा हुनेछ ।

यसअघि सम्पन्न खेलमा नेपालले दुई खेलमा एक जित र एक हार बेहोरेको छ । नेपालले पहिलो खेलमा भुटानलाई ६-१ गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३-२ गोल अन्तरले पराजित भएको थियो ।

त्यस्तै श्रीलंकाले भने आफ्ना शुरुका दुवै खेलमा हार बेहोरेको छ । श्रीलंका पहिलो खेलमा बंगलादेशसँग ९-१ गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानसँग ५-० गोल अन्तरले पराजित भएको थियो ।

नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिइरहेको यो प्रतियोगिता जुलाई २२ सम्म चल्ने छ । यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाईदैछ । हरेक देशले एक अर्काविरुद्ध २-२ पटक खेलेपछि शिर्ष स्थानमा रहने देश विजेता हुने छ ।

यस प्रतियोगितामा नेपालले अब अर्को खेल जुलाई १७ मा श्रीलंकाविरुद्ध, जुलाई १९ विरुद्ध भुटान र जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ । यसअघि खेलिएका चारै पटक बंगलादेश च्याम्पियन बनेको छ भने नेपाल २०१८ र २०२३ मा उपविजेता बनेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close