
पोखरा स्पोर्टस । साफ यू-२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गत अहिले नेपाल र बंगलादेशबीचको खेल जारी रहेको छ ।
पहिलो हाफको खेल सकिदा बंगलादेशले नेपालमाथि २-० को अग्रता लिएको छ ।
नेपालले पहिलो खेलमा भुटानलाई ६-१ गोल अन्तरले पराजित गरेको थियो भने बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई ९-१ गोल अन्तरले पराजित गरेको थियो ।
नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिइरहेको यो प्रतियोगिता जुलाई २२ सम्म चल्ने छ । यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाईदैछ ।
हरेक देशले एक अर्काविरुद्ध २-२ पटक खेलेपछि शिर्ष स्थानमा रहने देश विजेता हुने छ ।
