
पोखरा स्पोर्टस । राजनीतिक दल सम्बन्धि ल्याइएको अध्यादेशको विरोध गर्दै तत्काल फिर्ता लिन नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको माग गरेको छ ।
सरकारले ल्याएको अध्यदेशका विरुद्ध महासंघले राजधानीमा विरोध सभा गरी तत्काल फिर्ता लिन माग गरेको हो । काठमाडौ त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको गेट अगाडि भेला भएका खेलाडी तथा नेकोसका नेताकार्यकर्तालाई अध्यक्ष रमेशकुमार पौडेलले सम्बोधन गर्दै अध्यादेशको प्रतिवाद गरेका थिए । सम्बोधनका क्रममा पौडेलले वर्तमान सरकारले जारी गरेको अध्यादेशले मुलुकलाई अस्थिरतातर्फ धकेलेको र समग्र राजनीतिक प्रणाली प्रतिगमन तिर ढल्किएको भन्दै फिर्ता लिन माग गरे ।
तत्कालको लागि नेकपा एमाले विभाजन गर्न प्रेरित अध्यादेशले जुन सुकै दललाई प्रभाव पर्ने निश्चित भएकोले तत्काल अध्यादेश फिर्ता गर्न अध्यक्ष पौडेलले सुझाएका छन् । महासंघले अध्यादेश विरुद्ध देशैभरी आन्दोलन तथा विरोधका कार्यक्रम शुरु गरेको छ ।
