
पोखरा स्पोर्टस । जिल्ला खेलकुद विकास समिति कास्कीका पूर्व कार्यालय प्रमुख एवं गण्डकी प्रदेश सांसद प्रकाश बराललाई पितृ शोक परेको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालका महासचिव समेत रहेका सांसद बरालका पिता लोकराज बरालको शुक्रबार निधन भएको हो । पूर्व शिक्षक समेत रहेका ८३ वर्षिय स्वर्गिय बराल लामो समय देखि दमलगायत रोगबाट पिडित रहनु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उहाँको आज साँझ पौने ५ बजे पोखरा १७ स्थित निवासमा निधन भएको हो ।
स्वर्गिय बरालका एक श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन् । एक श्रीमतीको भने पहिलानै निधन भईसकेको छ । उहाँको अन्तिम संस्कार शनिबार गरिने भएको जनाइएको छ ।
