
पोखरा स्पोर्टस । गण्डकी कप महिला राष्ट्रिय बास्केटबल प्रतियोगिताको फाइनलमा आयोजक गण्डकी र बाग्मती फाइनलमा प्रवेश गरेका छन् ।
पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा जारी प्रतियोगिताको सेमीफाइनल खेलहरु सम्पन्न भएको गण्डकी प्रदेश बास्केटबल संघले जनाएको छ । संघका अध्यक्ष धोज कुमार गुरूङका अनुसार गण्डकीले कर्णाली प्रदेशलाई ४८–९ स्कोरले पराजित गर्दै फाइनल प्रवेश गर्दा बाग्मतीले कोशी प्रदेशलाई ५०–१८ स्कोरले पराजित गरी गण्डकी संघ उपाधि भिडन्त पक्का गरेको हो ।
प्रदेश खेलकुद परिषद गण्डकीको प्रवरद्धनमा जारी प्रतियोगिताको दोस्रो दिन दुई खेल लिग चरणका भएका थिए ।
फिबाको नियम अनुसार लिगकम नक आउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा बिजेता टिमले नगद रु ७५ हजार, उपविजेताले नगद रु ५० हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने सेमीफाइनालिष्ट दुई टिमलाई १०–१० हजार सान्त्वना पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितामा कोशी, मधेश प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको सहभागिता रहेको छ ।
