गण्डकी प्रदेश स्थापना दिवस : सांसद र प्रदेश सरकार फुटसलमा भिड्ने

पोखरा स्पोर्टस । गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा पोखरामा गण्डकी प्रदेश सभाका सांसद र प्रदेश सरकारका बीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुने भएको छ ।

गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार स्थापना दिवस मनाउने क्रममा मैत्रीपूर्ण फुटसलसहित अन्तरमन्त्रालय कर्मचारीका बीच सिंगल्स/डबल्सलतर्फ व्याडमिन्टन प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिताको व्यवस्थापन प्रदेश खेलकुद परिषद गण्डकीले गर्ने भएको परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिएका छन् । कार्यालय प्रमुख भुसालका अनुसार सांसद र प्रदेश सरकारका बीचको मैत्रीपूर्ण फुटसल माघ २१ गते पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा हुनेछ भने व्याडमिन्टन भने २० र २१ गते हुनेछ ।

व्याडमिन्टनतर्फ प्रदेशका ८ वटा मन्त्रालयका कर्मचारीहरूलाई सहभागिताका लागि पत्रचार गरिएको छ । प्रतियोगितामा व्याडमिन्टनतर्फ महिला/पुरुष सिंगल्स/डबल्सतर्फ हुने परिषदले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close