इङल्याण्डविरुद्ध ऋषव पन्तको पनि शतक

पोखरा स्पोर्टस ।  भारतीय ब्याट्सम्यान ऋषव पन्तले इङल्याण्डविरुद्धको जारी टेस्टमा शतक प्रहार गरेका छन् । 

टेस्टको दोस्रो दिन शनिबार ब्याटिंग गर्दै पन्तले शतक पुरा गरेका हुन् ।  यस टेस्टमा शतक बनाउने पन्त तेस्रो ब्याट्सम्यान हुन् । पन्तको टेस्ट क्रिकेटमा यो सातौं शतक हो ।

यस अघि कप्तान शुभमन गिल र यशस्वी जैसवालले सशतक बनाएका थिए । 

गिल अहिले पनि खेलिरहेका छन् भने जैसवाल १०२ रन बनाएर आउट भएका थिए । 

यो समाचार तयार गरुन्जेल भारतले ३ विकेट गुमाएर ४३० रन बनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close