गण्डकीले ल्यायो ३१ अर्ब ९७ करोडको बजेट, खेलकुदमा कति ?

पोखरा स्पोर्टस । गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/ ८३ का लागि ३१ अर्ब ९७ करोडको बजेट ल्याएको छ ।  आइतबार अर्थमन्त्री डा. टकराज गुरुङले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजारको बजेट ल्याएका हुन् ।

आगामी आर्थिक वर्ष १२ अर्ब ६३ करोड पुँजीगततर्फ १९ अर्ब ९ करोड वित्तीय व्यवस्थातर्फ २५ करोड बजेट विनियोजन गरिएको छ ।

यसबाट प्रदेशमा खेलकुदको माध्यमबाट पर्यटन, युवा सशक्तिकरण र अन्तर्राष्ट्रियस्तरमा प्रदेशको पहिचान स्थापित गर्ने अपेक्षा गरिएको भए पनि सबै कार्यक्रम बजेटमा निहित भएकोले बजेटको आकारले गण्डकी प्रदेशको खेलकुद विकासको भविष्य अडिएको छ । अर्कोतर्फ सरकारले खेलकुद विकासको कुरालाई जोड दिएको भए पनि आगामी वर्ष हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका विषयमा समेत मन्त्री गुरूङको बत्तब्य मौन छ ।

पूरा बजेटमध्ये सङ्घबाट समानीकरण अनुदानमा ७ अर्ब ९३ करोड, राजस्व बाँडफाँटमा ९ अर्ब ७९ करोड, रोयल्टी ४९ करोड, सशर्त अनुदान ३ अर्ब ३५ करोड समपूरक अनुदानमा ६३ करोड, विशेष अनुदान ४९ करोड आउने अनुमान गरिएको छ भने प्रदेशले ५ अर्ब ४५ करोड आन्तरिक आम्दानी गर्ने बजेटमा उल्लेख छ ।

खेलकुदमा कति आयो ?
हरेक वर्ष बजेटमा बक्तव्यमा बिनियोजित बजेट सहित आए पनि यो वर्ष भने केही शब्द र वाक्यसहितका प्रतिवद्धता मात्रै आएको छ । मन्त्री गुरूङले बजेट बक्तव्यमा सरकारको प्रतिवद्धताका विषय मात्रै औंल्याएका छन् ।

उनले भनेका छन्–“गण्डकी प्रदेश सरकारले खेलकुद क्षेत्रको विकास र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै पूर्वाधार निर्माण, खेलाडी सम्मान तथा खेल पर्यटन प्रवर्द्धनमा ध्यान दिने भएको छ। उच्च उचाइमा खेल गतिविधि सञ्चालनका लागि ‘उचाइमा खेल–खेलमा उचाइ’ कार्यक्रम सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाइएको छ।”

खेलकुदको विकास, विस्तार तथा सुदृढीकरणका लागि संघ सरकार र स्थानीय तहसँग सहकार्य र साझेदारी गर्दै खेलाडीको व्यवसायिकता, तालिम तथा प्रोत्साहन कार्यक्रम सञ्चालन गरिनेछ। प्रदेशस्तरमा ख्यातिप्राप्त खेलाडीहरूको सम्मान कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेटको समेत प्रबन्ध गरिएको उनले बजेट बक्तव्यमा बताएका छन् ।

यसबाट प्रदेशमा खेलकुदको माध्यमबाट पर्यटन, युवा सशक्तिकरण र अन्तर्राष्ट्रियस्तरमा प्रदेशको पहिचान स्थापित गर्ने अपेक्षा गरिएको भए पनि सबै कार्यक्रम बजेटमा निहित भएकोले बजेटको आकारले गण्डकी प्रदेशको खेलकुद विकासको भविष्य अडिएको छ । अर्कोतर्फ सरकारले खेलकुद विकासको कुरालाई जोड दिएको भए पनि आगामी वर्ष हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका विषयमा समेत मन्त्री गुरूङको बत्तब्य मौन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close