राष्ट्रिय टिमबाट किन खेल्न मानेनन् लेवानडोस्की ?

पोखरा स्पोर्टस  । रोबेर्ट लेवानडोस्कीले राष्ट्रिय टिमबाट खेल अस्वीकार गरेका छन् । पोल्याण्डको राष्ट्रिय फुटबल टिमका प्रशिक्षक माइकल प्रोबियर्जसँग विवाद भएपछि राष्ट्रिय टिमबाट खेल्न अस्वीकार गरेका हुन् ।  लेवानडोस्कीले प्रोबियर्ज प्रशिक्षक रहेसम्म आफु राष्ट्रिय टिमका लागि उपलब्ध नहुने बताएका छन् ।

३६ बर्षिय बार्सिलोनाका स्ट्राइकर लेवानडोस्की पोल्याण्डको शुक्रबार भएको मोलडोभाविरुद्धको मैत्रुपूर्ण खेलमा टिममा थिएनन् भने जुन १० मा हुने फिनल्याण्डविरुद्धको विश्वकप छनौट खेलमा पनि उनी टिममा रहेका छैनन् ।

लेवानडोस्कीले भनेका छन्-‘परिस्थिति र पोलिश राष्ट्रिय टोलीका प्रशिक्षकमाथिको विश्वास गुम्दै गएको कुरालाई ध्यानमा राख्दै, मैले उनी प्रशिक्षक रहुन्जेल पोलिश राष्ट्रिय टोलीबाट खेल्नबाट पछि हट्ने निर्णय गरेको छु । मलाई आशा छ, म फेरि विश्वका उत्कृष्ट फ्यानहरूका लागि खेल्ने मौका पाउनेछु ।’

मिडिया रिपोर्टका अनुसार प्रशिक्षक प्रोबियर्जले लेवानडोस्कीलाई राष्ट्रिय टिमको कप्तानबाट हटाएपछि असन्तुष्ट बनेका हुन् । प्रोबियर्जले लेवानडोस्कीलाई  हटाएर पिओटर जिलिन्स्कीलाई कप्तान बनाएका छन् । लेवानडोस्की २०१४ देखि पोल्याण्डको राष्ट्रिय टिमको कप्तान रहेका थिए ।

लेवानडोस्कीले पोल्याण्डका लागि हालसम्म १५८ खेल खेलेका छन् भने ८५ गोलका पोल्याण्डका लागि सर्बाधिक गोलकर्ता पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close