ह्याण्डबल संघका कोषाध्यक्ष अधिकारी बुढानिलकण्ठको प्रमुख पदमा निर्वाचित

पोखरा स्पोर्टस । नेपाल ह्याण्डबल संघका कोषाध्यक्ष मिठाराम अधिकारी काठमाण्डौ बुढानिकलण्ठ नगर पालिकाको प्रमुख पदमा निर्वाचित भएका छन् ।

अधिकारीले आफ्ना प्रतिद्वन्दी नेपाली कांग्रेसका विनोद चालिसेलाई २ हजार ७ सय ३८ मतले पछि पार्दै प्रामुख पद जितेका हुन् । स्थानिय तह निर्वाचन २०७९ अन्तर्गत बुधबार सम्पन्न भएको मत गणना अनुसार अधिकारी १४ हजार २ सय ५० मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका चालिसेले ११ हजार ५ सय १२ मात प्राप्त गरे ।

यसै गरी उपप्रमुख पदमा समेत एमालेकी अनिता लामा विजयी भएकी छन् । लामाले १४ हजार ३ सय १४ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी नेपाली कांग्रेसकी रमिता वाग्लेले ११ हजार ९ सय ७२ मत प्राप्त गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close