वेस्ट इण्डिजविरुद्धको टी-२० सिरिजमा इङल्याण्डको लगातार दोस्रो जित

पोखरा स्पोर्टस ।  इङल्याण्डले वेस्ट इण्डिजविरुद्धको टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ ।  गएराती सम्पन्न खेलमा इङल्याण्डले वेस्ट इन्डिजलाई ४ विकेटले पराजित गरको हो ।

वेस्ट इन्डिजले दिएको १९७ रनको लक्ष्य पछाएको इङल्याण्डले १८.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाउदै १९६ रन बनाएको थियो ।

यो जितपछि इङल्याण्ड ३ खेलको सिरिजमा २-० ले अगाडी भएको छ र एक खेल अघि नै सिरिज जितेको छ ।

अब सिरिजको अन्तिम खेल मंगलबार हुने तालिका रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close