काठमाण्डौमा खेलाडी दुर्घटना विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

पोखरा स्पोर्टस । युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा खेलाडी दुर्घटना विरुद्धको सचेतना कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको समन्वयमा भएको कार्यक्रममा सहभागीलाई खेलका दौरान हुने दुर्घटनाबाट तत्काल कसरी उद्धार गर्ने भन्ने बारे प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारी विशेष प्रशिक्षणमा रहेका उसु, जुडो र कबड्डीका ४० खेलाडी र ६ प्रशिक्षक गरी ४६ जना सहभागी थिए ।

सहभागीलाई सहजकर्तामा प्रा.डा.रविराम श्रेष्ठ, सह प्रा.डा.ऋषि विष्ट, डा.लुना शर्मा खनाल, सह प्रा.डा. ऋतु प्रधान, डा. निर्माणप्रसाद ज्ञवाली र सह प्रा.डा.अभय पोखरेलले खेलाडी दुर्घटना विरुद्धको सचेतना बारे ज्ञान दिएका थिए ।

कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा.भुपेन्द्रकुमार बस्नेत, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, प्रतिष्ठानका सह निर्देशक डा. मिनचन्द्र अधिकारी, प्रतिष्ठानका रजिष्ट्रार डा. ज्ञानेन्द्रविक्रम शाह, खेलकुद मन्त्रालयका सह–सचिव रामचरित्र मेहता, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close