नेपाली एथलेटिक्स टोली दक्षिण कोरिया जाने

पोखरा स्पोर्टस । एसियाली एथलेटिक्स च्याम्पियनसिपको २६ औं संस्करणमा भाग लिन ५ खेलाडीसहित ६ सदस्य नेपाली टोली शनिबार दक्षिण कोरियाको गुमी प्रस्थान गर्ने भएको छ । उनीहरु आज राती ११ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।

मे २७ देखि ३१ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

पुरुष १ हजार ५ सय/५ हजार मिटर दौडमा मुकेश पाल, लङजम्पमा सलिम देवान र १ सय÷२ सय मिटर दौडमा शिवराज पार्कीले प्रतिस्पर्धा गर्ने छन् ।

त्यस्तै महिला ज्याभ्लिन थ्रो/सटपुटमा चन्द्रकला लाम्गाडे तथा ८ सय/१ हजार ५ सय मिटर दौडमा फुलमती रानाले सहभागिता जनाउने छन् । प्रशिक्षकमा उषाकर्ण चौधरी छिन् ।

टोलीलाई सफलताको शुभकामना दिदै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र नेपाल एथलेटिक्स संघ, तदर्थ समितिका संयोजक समेत रहेका कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close