ढोरपाटन डबल लिग भलिबलमा १० टोली प्रतिष्पर्धा गर्दै

पोखरा, १५ औं संस्करणको सानमिगेल “ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिता”को सम्पूर्ण तयारी पुरा भएको छ ।

आयोजक ढोरपाटन स्पोर्ट्स क्लबका अध्यक्ष मनवीर छन्त्यालले बिहीबारदेखि शुरु हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भइकेको जानकारी गराएको छ । उनका अनुसार १५औं संस्करण माघ १६ देखि २८ सम्म चल्ने प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यसपटक साविक विजेता नेपाल एपीएफ क्लब, न्यु डायमन्ड स्पोर्टस् क्लब, सामाखुशी इंग्लिस बोर्डिङ (सेब) स्कुल, बुलबुले रारा क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, पारामाउण्ट इंग्लिस बोर्डिङ स्कुल, चुली युवा क्लब, चितवन टाइग्रेस र आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

हरेक १० टोलीले एक अर्कासँग एक–एक खेल खेल्नेछन् । पहिलो राउन्ड २४ माघसम्म चल्नेछ । त्यसपछि दोस्रो राउन्ड हुनेछ । पहिलो राउन्डमा शीर्ष अंक जोड्ने ७ टोलीले दोस्रो राउन्डमा प्रवेश गर्नेछन् । दोस्रो राउन्डमा पनि सबै टोलीले एक अर्काँग समान १–१ खेल खेल्नेछ । बढी अंक जोड्ने टोली च्याम्पियन बन्ने छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा प्रतियोगिताको पहिलो दिन चार खेल हुनेछ । पहिलो खेलमा बुलबुले रारा र चुली युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा आर्मी र सेब, तेस्रो खेलमा एपीएफ र चुली तथा अन्तिम खेलमा न्यु डायमन्ड र पारामाउण्टबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले ४ लाख ५ हजार रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले २ लाख ५ हजार तथा तेस्रो हुनेले १ लाख ५ हजार पाउनेछन् । यस्तै चौथौ देखि सातौ सम्मले क्रमश ७५ हजार, ५५ हजार, ४५ हजार र ३५ हजार रुपैया पाउनेछन् ।

गतवर्ष जस्तै यो वर्ष पनि विभिन्न चार विधा (उत्कृष्ट खेलाडी, उदियमान, बर्ष खेलाडी र प्लेयर अफ द सिरिज) बन्ने खेलाडीले यु एम स्कुटर पाउनेछन् । त्यस्तै भाग्यशाली एक दर्शक र ग्रेट एचिभमेन्ट अवार्ड विजेतालाई एक एक थान मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फको विजेताले जनही ७ हजार रुपैयाँ हात पार्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close