पौडीमा मंगलबार दुई कीर्तिमान

पोखरा स्पोर्टस । पौडी प्रतियोगितामा दुई राष्ट्रिय किर्तिमान कायम भएका छन् ।

पुरुष २ सय मिटर बटरफ्लाई हिट राउण्ड र ५० मिटर फ्रिस्टायलको हिट राउण्डमा कीर्तिमान कायम भएका हुन् ।

५० मिटर फ्रिस्टायलमा आर्मीका अलेक्जेंडर शाहले आफ्नै कीर्तिमानमा सुधार गरेका छन् । उनको नाममा रहेको २३.९० सेकेण्डको समयलाई सुधार गरेर २३.५७ सेकेण्डमा झारेका छन् ।

त्यसैगरी पुरुष २ सय मिटर बटरफ्लाइमा नथनर्दोजे शेर्पाको नाममा रहेको २ मिनेट १८.१० सेकेण्डको कीर्तिमानलाई एनआरएनका आर्षिश सापकोटाले २ मिनेट १६.४३ सेकेण्डमा दुरी सक्दै नयाँ कीर्तिमान बनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close