गण्डकी प्रदेशलाई थप एक स्वर्ण, पुरुष ह्याण्डबलमा गण्डकीलाई स्वर्ण पदक

पोखरा, १० वैशाख । गण्डकी प्रदेशले नेपालगञ्जमा जारी पुरुष ह्याण्डबलमा स्वर्ण पदक जितेको छ । गण्डकी प्रदेश सहभागी आठौं राष्ट्रिय टिम गेम तर्फ ह्याण्बलले मात्रै स्वर्ण पदक जित्न सकेको हो ।

नेपालगञ्ज रंगशाला परिसरमा आज (मंगलबार) भएको फाईनल खेलमा गण्डकी प्रदेशले विभागिय टोली सशस्त्र प्रहरी वलको एपिएफलाई ३७—३३ गोलको अन्तरले पराजित गर्दै गण्डकी प्रदेशले समुह तर्फ पहिलो स्वर्ण पदक प्राप्त गरेको हो ।

गण्डकीको जितमा सन्तोष श्रेष्ठले सर्वाधिक १६ गोलको योगदान दिए । त्यसै गरी कप्तान विशाल बस्नेतले ८, शरन थापाले ५, दिनेश श्रेष्ठले ४, चन्द्र केसीले ह्याट्रिक र विमल थापाले एक गोलको योगदान दिए । एपिएफका लोकेन्द्र चन्द र संजीब कार्कीले समान १० गोल गरेका हुन् । खेलको सुरुवातमै गोल खादै ६–२, ९–३ को नतिजालाई पुनरावलोकन गर्दै गण्डकीले पहिलो हाफमा १२–१२ गोलमा बराबरीमा पुर्याउन सफल भएको थियो । दोश्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै गण्डकीले जित हासिल गरेको हो ।

त्यसै गरी महिला तर्फको ह्याण्डबलमा त्रिभुवन आर्मीले स्वर्ण पदक जितेको छ । फाईनल खेलमा आर्मीले एपिएफलाई १७–१४ को गोल अन्तरले पराजित गर्दै स्वर्ण पदक हात पारेको हो । आर्मीको जितमा कविता राइले सर्वाधिक ८ गोल गरिन् । एपिएफकी साधना बमले ४ गोल गरेकी हुन् ।

महिला तर्फको ह्याण्डवल खेलमा गण्डकी प्रदेशले कास्य पदक प्राप्त गरेको छ । मंगलबार विहान तेश्रो स्थानको लागि भएको खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर १ लाई ७–५ को गोल अन्तरले पराजित गर्दै कास्य पदक हात पारेको हो । गण्डकीको जितमा योगिता गुरुङले सर्वाधिक ४ गोलको योगदान दिइन् । कोमली खड्का, स्वेता गुरुङ र निश्मा बस्नेतले एक÷एक गोल गरे । प्रदेश नम्बर १ का जिना राइ र निशा राइले समान दुई/दुई गोल र रमिला बस्नेतले एक गोल गरेकी हुन्। प्रदेश नम्बर १ का खेलाडीहरुले पटक पटक पोष्टमा प्रहार गरेको वल गण्डकी प्रदेशका गोलरक्षक विमला भुजेलको विफल पारिन् । उनले करिब ४ वटा वान भर्सेस वान वल उत्कृष्ट बचाउ गरेकी हुन् ।

यसैबिच, पुरुष तर्फको ह्याण्डवल खेलमा त्रिभुवन आर्मीले कास्य पदक हात पारेको छ । नेपलागन्ज रंगशाला परिसरमा मंगलबार विहान भएको खेलमा आर्मीले प्रदेश नं ३ लाई ४२–२४ गोलको फराकिलो अन्तरले पराजित गर्दै कास्य पदक हात पारेको हो । ह्याण्डवलमा नेपाल पुलिस र एनआरएनए बाहेक ९ टिमको सहभागिता रहेको थियो । वैशाख ५ गते देखि उक्त प्रतियोगिता सुरु भएको थियो ।

विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्वर तिमिल्सिना, राखेप सदस्य राजेश कुमार गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ, राखेपका पूर्वसदस्य खड्गबहादुर रानाभाट, नेपाल ह्याण्डवल संघका अध्यक्ष तेज बहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए । ह्याण्डवलमा नेपाल पुलिस र एनआरएनए बाहेक ९ टिमको सहभागिता रहेको थियो ।

हालसम्म गण्डकी प्रदेशले ९ स्वर्ण पदक ल्याएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close