बागलुङमा टेनिस संघ गठन

पोखरा स्पोर्टस । बागलुङमा जिल्ला टेनिस संघ गठन भएको छ ।

बागलुङमा टेनिस संघ गठन भए संगै गण्डकी प्रदेशमा कास्कीसहित दोश्रो जिल्ला हुन पुगेको छ । आइतबार सम्पन्न एक भेलाले यादब प्रसाद शर्माको अध्यक्षतामा ७ सदस्यिय कार्यसमिति चयन गरिएको जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्काले जानकारी दिएका छन् ।

नेपाल टेनिस संघका उपाध्यक्ष बिनोद कायस्थ र जिल्ला टेनिस संघ कास्कीका उपाध्यक्ष नविन चालिसेसहितको उपस्थितीमा सम्पन्न भेलाले संघको उपाध्यक्षमा संजय खड्का, द्वितिय उपाध्यक्षमा दुर्गा बहादुर खत्री, सचिबमा गोविन्द शर्मा र कोषाध्यक्षमा लेख बहादुर जिशी रहेका छन् ।

त्यसै गरी कार्यसमिति सदस्यमा मिथुन भण्डारी र विशाल कार्की रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close