भलिबल मुख्य प्रशिक्षक भट्टलाई उप–निर्देशकको जिम्मेवारी

पोखरा स्पोर्टस । भलिबल मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई तालिम तथा प्रशिक्षण विभागअन्तर्गत प्रशिक्षण योजना तथा अनुगमन विभागको उप–निर्देशकको जिम्मेवारी दिइएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिवस्तरीय निर्णय अनुसार भट्टलाई विभागको उप–निर्देशकको जिम्मेवारी दिइएको हो । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले भट्टलाई पत्र प्रदान गरे ।

उप–निर्देशकको जिम्मेवारी पाएसँगैै भट्टले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई धन्यवाद दिदै पाएको जिम्मेवारी इमान्दारीका साथ निभाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विगत तीन दसकदेखि भलिबलमा सक्रिय भट्टले आफ्नो अनुभव, ज्ञान र सीपलाई पूर्ण इमान्दारीका साथ राष्ट्रको खेल क्षेत्रमा योगदान गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close