राखेपका पूर्व सदस्य सचिव सिंहप्रति श्रद्धाञ्जली

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले राखेपका पूर्व सदस्य–सचिव किशोरबहादुर सिंहको स्वर्गारोहण भएको १३ औं दिनको पुण्य तिथिमा मंगलबार श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप हातामा भएको कार्यक्रममा राखेपका सदस्य–सचिव टंकलाल घिसिङलगायत पदाधिकारी, खेल संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, कर्मचारीलगायतले स्व.सिंहको तस्वीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।

त्यसअघि दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close