आहा ! रारा गोल्ड कप फुटबललाई हङ्गकङ्ग बाट सहयोग

पोखरा, सहारा क्लब पोखराको भातृ संस्था सहारा हङ्गकङ्गले १८ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताका लागि गरेको छ ।

आहा ! रारा गोल्ड कपका लागि हङ्गकङ्ग बाट पोखरा आएका सहारा हङ्गकङ्गका अध्यक्ष दिपक गुरुङले आज एक कार्यक्रमका बिच सहारा क्लबका अध्यक्ष केशव बहादुर थापालाई नगद २ लाख ७ हजार ४ सय ५० रुपैंया हस्तान्तरण गरेका छन । सहारा हङ्गकङ्गले अहिले सम्म आहा रारा फुटबल, सहारा एकेडेमीको अक्षयकोष र एकेडेमीको भवन निर्माणका लागि ६० लाख भन्दा बढी सहयोग गरिसकेको छ ।

सहारा हङ्गकङ्गले आहा ! राराको लागि हङ्गकङ्ग स्थित नेपाली विभिन्न सहयोगीहरु संग रकम संकलन गरेको अध्यक्ष गुरुङले बताए । उनले भने–“सहाराले आहा गोल्ड कप गर्नुको पछाडी उद्धेश्य छ, त्यही उद्धेश्यमा होस्टेमा हैंसे गर्न हङ्गकङ्ग बाशी नेपालीहरुले सहयोग गरेका छनं, त्यही रकम हामीले सहाराका अध्यक्षलाई हस्तान्तरण गरेका छौं ।”

हङ्गकङ्ग बाट सहयोग गर्नेहरुमा सहाराका शुभेच्छुक, कार्य समितीका पदाधिकारी तथा सदस्य र सल्लाहाकारहरु रहेका छन । जस मध्ये सुमित्रा गुरुङ, दिपक गुरुङ, कुमार गुरुङ, प्रविन गुरुङ, ओम गुरुङ, खेम गुरुङ, बिल तामाङ, बिकाश गुरुङ, राजु गुरुङ, बिनोद गुरूङ, कमल पौडेल, गिरिराज गुरुङ रहेका छन ।

त्यसै गरि देब गुरुङ सरिता गुरुङ, गंगा बहादुर गुरुङ, राजु गुरुङ, कमला थापा, ज्योती गुरुङ, माया गुरुङ, राजेन्द्र गुरुङ (कान्छा), किशन गुरुङ, जगत गुरुङ, नानी कमला गुरुङ, रुपेश राई, कपिल गुरुङ र बुद्ध गुरुङ रहेका छन । सहयोग गर्ने मध्ये गिरिराज गुरुङले हङ्गकङ्ग डलर १ हजार, बुद्ध गुरुङले नेरु ४ हजार ३ सय ५० र अन्यले सहयोगीले हङ्गकङ्ग डलर ५ सयका दरले सहयोग गरेको अध्यक्ष गुरुङले जानकारी दिए ।

यसै गरि गैर आवाशिय नेपाली संघ हङ्गकङ्गकी अध्यक्ष टिका गुरुङ (राधिका) ले समेत सहारा क्लब पोखरालाई नगद १ लाख सहयोग गरेकी छन ।

हङ्गकङ्ग बाट प्राप्त रकम बुझ्दै सहाराका अध्यक्ष थापाले उक्त रकम सहारा एकेडेमीमा आश्रित बालकहरुको लागि खर्च गरिने बताए । हाल सहारा एकेडेमीमा कठिन परिस्थतीका १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन । सहाराले उनीहरुलाई शिक्षा संगै फुटबल प्रशिक्षण दिंदै आएको छ ।

Back to top button
Close
Close