‘गोर्खा हिल यूके क्याडिज् गल्फ प्रतियोगिता’ सम्पन्न

पोखरा स्पोर्टस । पोखराको हिमालयन गल्फ कोर्समा ‘गोर्खा हिल यूके क्याडिज् गल्फ प्रतियोगिता’ सम्पन्न भएको छ ।

हिमालयन गल्फ कोर्समा कार्यरत क्याडिज्हरुका बीच उक्त प्रतियोगिता आयोजना गरीएको हो । युकेको केन्टमा रहेको गोर्खा हिलका सञ्चालक खेलप्रेमी तथा समाजसेवी चन्द्र गुरुङको मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगिता स्ट्रोक प्ले फुल ह्यान्डीक्पापको आधारमा सञ्चालन गरिएको हो ।

प्रतियोगितामा ग्रसतर्फ गोबिन्द बिक २–ओभर ७१ खेल्दै बिजेता बनेका छन् । त्यसै गरी ७–ओभर ७६ खेलेका सन्सार बिक दोश्रो र १०–ओभर ७९ खेलेका सञ्जय परियार तेश्रो भए । उनीहरुले क्रमश जनही नगद रु ५ हजार, ३ हजार र २ हजार हात पारे । 

यसै गरी नेटतर्फको प्रतिस्पर्धामा दिपिन विक पहिलो, सन्दिप विक दोश्रो र अनिल विक तेश्रो भए । उनीहरुले क्रमश जनही नगद रु ५ हजार, ३ हजार र २ हजार हात पारे ।

प्रतियोगिता यू–१४ तर्फ ९ होलको खेलमा रोहित विकले जित हात पारे भने आयूष विक उपविजेता बनेका छन् । उनीहरुले क्रमश जनही नगद रु २ हजार र १ हजार हात पारे ।

प्रतियोगितामा लगेष्ट ड्राइभतर्फ विश्व विकले जित हात पार्दा नियरेष्ट टु दि होलमा सुदिप सुनार बिजयी भए । उनीहरुले जनही नगद रु १–१ हजार प्राप्त गरे ।

बिजेता खेलाडीहरुलाई सिनियर गल्फर तथा समाजसेवी चन्द्र गुरुङ, उनकी धर्मपत्नी शान्ता गुरुङ र उनका परिवारका सदस्यहरु भवी गुरुङ, धनमायाँ गुरुङ, विकाश र सुमिनाले नगद पुरस्कार वितरण गरेका थिए ।

पुरस्कार वितरण गर्दै समाजसेवी गुरुङले हरेक वर्ष यो प्रतियोगितालाई निरन्तरता दिने बताएका छन् ।

यसै गरी गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष एवं गण्डकी प्रदेशका पूर्व सांसद इन्द्रधारा विष्टले यस प्रकारको प्रतियोगिताले यूवा गल्फर उत्पादनमा सहयोग पुग्ने बताउँदै सहकार्यका लागि आग्रह गरेका थिए ।

कोभिड १९ को महामारी पछि गोर्खा हिलले पोखरामा दोश्रो पटक आयोजना भएको उक्त प्रतियोगितामा ३४ जना सहभागि रहेको हिमालयन गल्फका ब्यवस्थापक भू बहादुर गुरुङले जानकारी दिए ।

उनले भने–“चन्द्रजीले गल्फ खेलको विकासका लागि महत्वपूर्ण कार्य गर्नु भएको छ । उहाँ सहित उहाँको परिवार धर्मपत्नी शान्ता गुरुङ यहाँ आएर गल्फ कोर्समा क्याडीज्हरुका बीच प्रतियोगिता आयोजना गरेर खेलाडी उत्पादन गर्नुपर्छ भन्ने जुन उद्धेश्य छ यो प्रशंसनिय कार्य हो ।”

चन्द्र गुरुङ सिनियर गल्फ खेलाडी हुन् । यूकेको केन्टमा गोर्खा हिल व्यवसाय सञ्चालन गर्ने उनी मनका धनी छन् । आफ्नो जन्म थलो स्याङजाका गुरुङ वर्षेनी पोखरा आउँछन् । पोखरा बसाईमा हिमालयन गल्फ जाने उनको दैनिकी जस्तै हो । त्यती मात्रै होइन उनी गल्फमा कार्य गर्ने क्याडी र बल ब्वाईहरुका बीच आफ्नै खर्चमा प्रतियोगिता आयोजना गर्छन् । खेल र समाजसेवा प्रति चन्द्र गुरुङको योगदानको जती नै चर्चा गर्दा पनि कम नै हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close