प्रदेश खेलकुद गण्डकीमा दुई कार्यकारीसहित ११ जनाको पदावधि सकियो, जिल्ला खेलकुदहरु नेतृत्व विहिन

पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीमा दुई जना कार्यकारी सदस्यसहित ११ जना बोर्ड सदस्यहरुको पदावधि समाप्त भएको छ भने ११ वटै जिल्ला खेलकुद विकास समितिहरु समेत नेतृत्व विहिन बनेका छन् । प्रदेश खेलकुद विकास ऐन २०७७ अनुसार दफा ३० मा भएको व्यवस्था बमोजिम २०७७ फागुन ९ गते मनोनयन भएका उनीहरुको चार वर्षे कार्यकल सकिए संगै पदावधि समाप्त भएको हो । तत्कालिन पृथ्वीसुब्बा गुरूङ सरकारले उनीहरुलाई मनोनयन गरेको थियो ।

कार्यकारी सदस्यहरु र बोर्ड सदस्यहरु संगै जिल्ला खेलकुद विकास समितिका अध्यक्षहरु तथा पदाधिकारीहरुको पदावधि सकिए लगतै आ–आफ्नो पदमा रहेर खेलकुद विकासका लागि योगदान दिनेहुने सबैलाई सदस्य सचिब शर्माले आभार व्यक्त गरेका छन् । “स्वयंसेवी रुपमा उहाँहरुले खेलकुद विकासका लागि दिनु भएको योगदान महत्वपूर्ण छ,” उनले भने–“उहाँहरुको सफल कार्यकाल सकिएको छ । प्रदेशको खेलकुदको जगलाई बलियो बनाउन उहाँहरुले  खेल्नु भएको योगदान अविष्मरणिय रहने छ भने यहाँको खेलकुदले उहाँहरुको योगदानलाई संधै सम्झिरहनेछ ।”

प्रदेश खेलकुद विकास नियमावली २०७८ को नियम ११ (४) बमोजिम समिति गठन भएको मितिले ४ वर्ष रहने व्यवस्था छ भने नियमावलीको नियम २३ (२) को व्यवस्था बमोजिम समिति गठन भएको मितिले ४ वर्षको रहेको छ ।

सोही नियमको परिधीमा रहँदै परिषद्ले पदावधि समाप्त भएकाले सबै जिल्ला खेलकुद विकास समितिहरुलाई पत्रचार गर्दै अब उप्रान्त पदीय हैसियतबाट कुनै पनि कार्य नगर्न, नगराउन र बैक खाता समेत संचालन नहुने व्यवस्था मिलाउन भनेको छ भने नियमानुसार समितिका पदाधिकारी तथा सदस्यहरुको जिम्मामा रहे भएका नगद तथा जिन्सी समानको बरबुझारथ गर्न र समितिको दैनिक प्रशासन सञ्चालन कार्यालय प्रमुखले गर्न समेत पत्रचार गरेको छ ।

दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिरहेको परिषदलाई भने जिल्ला खेलकुदहरु एकै पटक रिक्तहुँदा समस्या उत्पन्न भएको छ । सो बारे कुरा गर्दै परिषदका सदस्य सचिब श्रीधर शर्माले पदावधि सकिनु प्राविधिक विषय रहेको बताए । उनले भने–“यो प्राविधिक विषय हो । हामी दशौंको तयारीमा छौं । परिषदबाटै परिचालित हुने गरी भए पनि हामी सबै जिल्लाबाट खेलाडी छनौट गर्नेछौं ।”

कार्यकारी सदस्यहरु र बोर्ड सदस्यहरु संगै जिल्ला खेलकुद विकास समितिका अध्यक्षहरु तथा पदाधिकारीहरुको पदावधि सकिए लगतै आ–आफ्नो पदमा रहेर खेलकुद विकासका लागि योगदान दिनेहुने सबैलाई सदस्य सचिब शर्माले आभार व्यक्त गरेका छन् । “स्वयंसेवी रुपमा उहाँहरुले खेलकुद विकासका लागि दिनु भएको योगदान महत्वपूर्ण छ,” उनले भने–“उहाँहरुको सफल कार्यकाल सकिएको छ । प्रदेशको खेलकुदको जगलाई बलियो बनाउन उहाँहरुले  खेल्नु भएको योगदान अविष्मरणिय रहने छ भने यहाँको खेलकुदले उहाँहरुको योगदानलाई संधै सम्झिरहनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close