
पोखरा स्पोर्टस । कर्णाली प्रदेश खेलकुद विकास समितीको सदस्य सचिबमा विश्वमित्र सन्ज्याल नियुक्त हुनुभएको छ ।
कर्णाली प्रदेश सरकारको मन्त्री परिषद सोमवारको वैठकको निर्णय अनुसार सन्ज्याललाई सदस्य सचिवको जिम्मेवारी सुम्पिएको हो । इन्जिनियरका रुपमा राष्ट्रिय खेलकुद परिषदमा करिव ८ वर्ष कार्य गरेको अनुभव संगाल्नु भएका ४० वर्षिय सन्ज्याल कालिकोट सान्ने त्रिवेणी गाउँपलिकाका हुनुहुन्छ । नियुक्ति पछि पोखरा स्पोर्टस संग कुरा गर्दै उहाँले कर्णाली प्रदेशको खेल विकासका लागि नयाँ योजनाका साथ अघि वढ्ने बताउनुभयो ।
नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत काठमाडौ र पोखरामा निर्माण भएका पूर्वाद्धार निर्माणमा प्राविधिकका रुपमा सन्ज्याल सक्रिय हुनुहुन्थ्यो । उहाँको वुधवार सपथ ग्रहण हुने कार्यक्रम रहेको छ । कर्णाली प्रदेशमा अध्यक्ष, उपाध्यक्ष र सदस्य सचिब सहित ९ सदस्यिय प्रदेश खेलकुद विकास समिती गठन हुने सन्ज्यालले बताउनुभयो ।
