पोखरामा हुँदे जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता

पोखरा स्पोर्टस । लामो समयको अन्तराल पछि कास्कीको जुडो खेल वामे सर्ने भएको छ । कुनै बेला जुडो खेलले शाख जमाएको कास्कीमा यहि फागुन ९ र १० गते जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता हुने भए पछि केही आश पलाएको हो ।

कास्की जिल्ला जुडो संघको आयोजनामा हुने “राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद” भन्ने मूल नाराका साथ ‘जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता–२०८१’ पोखरा रंगशाला स्थित बहुउद्धेश्यिय कर्भड हलमा हुने भएको छ ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा देशैभरबाट विभिन्न तौल समुहअन्तर्गत महिला र पुरुष गरी १ सय ५ जना खेलाडीहरु सहभागि हुने कास्की जुडो संघकी सचिब ज्योती हमालले जानकारी दिएकी छन् ।

विशेषगरी खेलाडीहरुको क्षमता अभिवृद्धि र प्रोत्साहान स्वरुप सो कार्यक्रमको आयोजना गरिएको उनले बताइन् ।

प्रतियोगितामा पुरुषतर्फ २५, ३५, ४०, ४५, ५० मुनी तौल समुहमा, ५५ र ६० केजी तौल तथा ६६ केजी तौल मुनी प्रतिस्पर्धा तय भएको छ । त्यसै गरी ७३ केजी तौल माथी गरी कुल ९ तौल समुहमा प्रतिस्पर्धा हुने भएको आयोजकले जनाएको छ ।

त्यसै गरी महिलातर्र्फ २५, ३५, ४०, ४४, ४८ केजी तौल मुनी, ५२ केजी र ५७ केजी तौल माथी गरी ७ तौल समुहमा प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिता आयोजना गर्नुको अर्को मूख्य उद्देश्य जुडो खेलको समग्र विकासका साथ–साथै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नु रहेको संघका अध्यक्ष पद्म छन्त्याले बताएका छन् ।

वि.सं २०६६ सालमा पोखरा रंगशालामा १० जना खेलाडीलाई स्वयं सेवक प्रशिक्षक रबि चौधरीले प्रशिक्षणको सुरूवात गरेका थिए । हाल पोखरा रंगशालामा नै रहेको जुडो हलमा ५१ जना खेलाडीहरुलाई दैनिक रुपमा प्रशिक्षक चौधरीले प्रशिक्षण दिँदै आइरहेका छन् ।

नेपालमा जूडो खेलको इतिहास लामो र समृद्ध छ। नेपाल जूडो संघ १९८३ मा स्थापना भएको थियो र यो अन्तर्राष्ट्रिय जूडो महासंघ सँग सम्बद्ध छ ।

नेपालमा जूडोको लोकप्रियता बढ्दै गएको छ र विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजित भइरहेका छन् । २०१९ मा, नेपालले १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा जूडो प्रतियोगिता आयोजना गरेको थियो ।

नेपालका प्रमुख जूडो खेलाडीहरूमा सोनिया भट्टा, गंगा बहादुर डंगोल, मनिता श्रेष्ठ प्रधान, फुपु ल्हामु खतरी, र इन्द्र श्रेष्ठ रहेका छन् । यी खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिष्ठा बढाएका छन् ।

नेपाल जूडो संघले देशभरका विभिन्न स्थानहरूमा प्रशिक्षण कार्यक्रम र प्रतियोगिताहरू आयोजना गरेर जूडोको स्तरलाई सुधार्न निरन्तर प्रयास गरिरहेको छ । पोखरा, काठमाडौं र अन्य प्रमुख शहरहरूमा जूडोका प्रशिक्षण केन्द्रहरू रहेका छन्, जहाँ युवा खेलाडीहरूलाई जूडो सिकाइन्छ ।

नेपाल जूडो संघको उद्देश्य जूडो खेलको प्रवद्र्धन र विकास गर्नु हो, साथै नेपाली जूडो खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउन हो । 

पोखरामा जूडो खेलको इतिहास समृद्ध छ र यहाँ विभिन्न प्रतियोगिताहरू आयोजना गरिएको छ । त्यस्तै, २०२४ को पेरिस ओलम्पिकमा नेपालका जूडो खेलाडी मनिता श्रेष्ठ प्रधानले ५७ किलोग्राम तौल समूहमा प्रतिस्पर्धा गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close