पिएम कप महिला राष्ट्रिय टि२० क्रिकेटमा सहभागि हुने गण्डकीको टोलीलाई मन्त्री सिंम्खडा द्वारा विदाई

पोखरा स्पोर्टस । नेपाल क्रिकेट संघको आयोजनामा यहि पौष ५ गते सुरु हुने पिएम कप महिला राष्ट्रिय टि२० क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन गण्डकी प्रदेशको टोली मंगलबार त्यस तर्फ प्रस्थान गरेको छ । काठमाण्डौ प्रस्थान गर्नु अघि गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंम्खडाले एक कार्यक्रमका विच टोलीलाई विदाई गरेकी छन् । सो अवसरमा बोल्दै मन्त्री सिंम्खडाले जितको शुभकामना दिंदै उच्च मनोबलका साथ अनुशासित भएर प्रतियोगितामा सहभागी हुन आग्रह गरिन् । उनले भनिन–“यहाँहरुलाई धेरै शुभकामना छ । अनुशासनको उदाहरण बनेर जितेर आउनुहोस हामी यहाँहरुलाई स्वागत गर्न आतुर छौं ।”


गण्डकी प्रदेश सरकारले विगतमा समेत महिला क्रिकेट खेलाडीहरुलाई नगद सहित सम्मान गरिसकेको जनाउँदै मन्त्री सिंम्खडाले खेलाडीहरुलाई सम्वोधन गर्दै भनिन्–“तपाँईहरु गण्डकी प्रदेशको गहना हो । सम्पती हो । यहाँहरुको जितले गण्डकीको पहिचान बढ्ने छ । हामी यहाँहरुलाई विगतमा जस्तै गरि सम्मान गर्ने अवसर दिनुहुनेमा हामीलाई विश्वास छ ।” उनले पछिल्लो समय क्रिकेट खेलको विकास हुँदै गएको र क्रिकेट खेलको विकासका लागि योजनावद्ध रुपमा अघि बढ्नुपर्ने बताइन् ।

सो अवसरमा मन्त्री सिंम्खडाले खेलाडीहरुलाई खेल पोशाक समेत वितरण गरेकी थिइन् ।

गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा भएको बिदाई कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा, कार्यकारी सदस्य ऋषीराम गौतम, जिल्ला खेलकुदका अध्यक्ष तोरण बानियाँ, संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, निवर्तमान अध्यक्ष देवेन्सन प्रजुलगायतको सहभागिता रहेको थियो ।

पिएम कप महिला राष्ट्रिय टि२० क्रिकेटमा गण्डकीको टिम कप्तानमा कुशुम गोदार रहेकी छन् । त्यसै गरी खेलाडीहरुमा अञ्जली विश्वकर्मा, सिमाना केसी, सिर्जना पौडेल, सृष्टि जैशी, सुमन खतिवडा, ज्योत्सिन्का मरासिनी, निरु जिटी, आकृती तिवारी, शिला रेग्मी क्षेत्री, श्रेया शर्मा, धनकुमारी चौधरी, रचना चौधरी र अर्मिन अधिकारी रहेका छन् ।

टिमको प्रशिक्षकमा गोविन्द प्रधान, टिम म्यानेजरमा विन्दु केसी र टिम एनालिष्टमा सोनिया (विक्रम) तिवारी रहेका छन् । खेलाडीहरुलाई गिगा जर्मन ल्याङ्वेज इन्स्टिच्युटले खेल पोशाक सहयोग गरेको छ । 

सहभागि खेलाडी मध्ये चार खेलाडी मध्ये सुमन खतिवडा १३ औं दक्षिण एसियाली खेलकुदमा पदक विजेता खेलाडी हुन । त्यसै गरी सृष्टि जैशी यू–१९ महिला राष्ट्रिय टिमकी सदस्य थिइन् । उनले चिन र मलेसियामा खेलेको अनुभव छ । उनी यू–१९ आइसिसी ड्रिम प्लेयर रहीसकेकी छन् । शिला रेग्मी र अञ्जली विक समेत यू–१९ राष्ट्रिय टोलीमा अनुभव हासिल गरेका छन् । शिलाले चिन र अञ्जलीले मलेसियामा खेलीसकेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close