एन्फाद्वारा साफ यू–२० च्याम्पियनसिपका लागि टोलीको घोषणा

पोखरा स्पोर्ट्स । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा गरेको छ । प्रतियोगिता मार्च २३ देखि अप्रिल ४, २०२६ सम्म माल्दिभ्समा सञ्चालन हुनेछ । दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहने यस प्रतियोगितामा नेपाल उपाधि लक्ष्यसहित मैदान उत्रिने तयारीमा छ ।

धर्बेन्द्र कुँवरको कप्तानीमा मालदिभ्स जाने टोलीमा अलिक श्रेष्ठ, अनुभव पुरी, भक्तबहादुर परियार, विजय उरांव, विज्ञान खड्का, विनायक थारु, गणेश पुलामी मगर, जोन बिष्ट, निशान राज लावत, पवन पाख्रिन, पेम्बा नुर्बु भोटे, प्रशान्त मोक्तान, प्रसुन तामाङ, रञ्जित लामा, रोहन मोक्तान, रोशन तामाङ, सबिन कुमार लुङ्गेली मगर, सबिन राई, सिद्धान्त खड्का, सुभाष बम, सुजन बस्नेत र सुजन डंगोल रहेका छन् । टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी उर्जन श्रेष्ठले सम्हाल्नेछन् ।

समुह ए मा रहेको नेपालले समुह चरणमा आयोजक मालदिभ्स, भुटान र श्रीलंकासँग खेल्ने छ । नेपालले पहिलो खेल मार्च २३ मा भुटानसँग, मार्च २५ मा श्रीलंका संग र मार्च २७ मा माल्दिभ्स सँग भेट पक्का गरेको छ ।

६ देश सहभागि हुने सो प्रतियोगिताको समुह बीमा ‘बी’ मा भारत, पाकिस्तान र बंगलादेश रहेका छन् ।

यस पटक नेपाल अघिल्लो संस्करणको उपविजेताको यात्रालाई सुधार्दै इतिहास रच्ने लक्ष्यका साथ माल्दिभ्स प्रस्थान गर्ने तयारीमा छ । युवा टोलीको प्रदर्शनले नेपाली फुटबलको भविष्यको दिशासमेत निर्धारण गर्ने भएकाले प्रतियोगिता विशेष महत्त्वको रूपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close