शाहको संयोजकत्वमा एथलेटिक्सको तदर्थ समिति

पोखरा स्पोर्टस । राजीवविक्रम शाहको संयोजकत्वमा १७ सदस्यीय नेपाल एथलेटिक्स संघ, तदर्थ समिति गठन गरिएको छ ।

समितिले ३ महिना भित्र राष्ट्रिय खेलकुद परिषद (राखेप)को स्वीकृतिमा साधारण सभा तथा निर्वाचन सम्पन्न गर्नेु पर्ने जिम्मेवारी सुम्पिएको हो ।

राखेपको गत चैत्र २९ गते बसेको १२२औं बोर्ड बैठकले उनलाई संयोजकमा मनोनयन गरेको थियो । लामो समय देखि निर्वाचन हुन नसकी तदर्थमा रहेको शाहकै नेतृत्वलाई पुनः राखेपले निरन्तरता दिएको छ । शाह हाल कर्णाली प्रदेशको आर्थिक मामिला मन्त्री समेत रहेका छन् ।

समितिको सदस्यमा कोमल ओली, सन्जिव तुलाधर, सन्तोषकुमार ढकाल, शैलेन्द्र खनाल, पर्लिता राणा मल्ल, मोहन घले, आरके विष्ट, दिलबहादुर बम, शिव आचार्य, राजबहादुर गुरुङ, तेजेन्द्र थापा, अनिरुध चौधरी, अन्जु चौधरी, जियाबुल अक, नन्दु काउछा र जगतसिंह धामी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close