
पोखरा स्पोर्टस । राष्ट्रिय जुनियर इपि फेन्सिङ प्रतियोगितामा गण्डकी प्रदेशले पदक माथी कब्जा जमाएको छ ।
पोखरा महानगर पालिकाको आयोजना तथा कास्की जिल्ला फेन्सिङ संघको आयोजनामा आजबाट सुरु भएको प्रतियोगितामा गण्डकीले यू–२० जुनियरतर्फ पुरुषतर्फ र महिलातर्फ अहिले सम्मकै रेकर्ड तोड्दै सर्वाधिक पदक जित्न सफल भएको हो ।।
फेन्सिङ खेलको इतिहासमा नै गण्डकीले पहिलो पटक पुरुषतर्फ स्वर्ण, रजत र काश्य पदक जित्यो भने महिला तर्फ एक स्वर्ण पदक हात पारेको कास्की फेन्सिङका अध्यक्ष विजय शाहीले जानकारी दिए । “हाम्रा प्रदेशका जुनियर खेलाडीले सोच्दै नसोचेको रुपमा उत्कृष्ट रुपमा खेल प्रदर्शन गरे । हामी उनीहरुको खेलबाट समेत निकै प्रभावित भएका छौं । आखिर गरे के हुन्न भन्ने हाम्रो संघका लागि उदाहरण समेत हो । जुन पदक बाट स्थापित भएको छ,” उनले भने ।
जुनियरतर्फ सम्पन्न प्रतियोगितामा गण्डकीका नवराज कार्कीले स्वर्ण पदक, प्रशान्त गुरुङले रजत, सचिन खत्रीले काश्य पदक जित्दा एक मात्र काश्य वागमतीका दर्शन राहुलले जितेका छन् ।
त्यसै गरी महिला जुनियरतर्फ गण्डकीकी कृपा गुरुङले स्वर्ण, सुपकी रेशमा जैशीले रजत, प्रदेश १ का खेलाडी द्वय शान्ता विश्वकर्मा र सञ्जिवनी चौधरीले काश्य पदक हात पारे ।
प्रतिगोगितामा स्वर्ण, रजत र काश्य पदक जित्ने खेलाडीले जनही नगद रु १५ हजार, १० हजार र ५–५ हजार प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत भोली शनिबार सिनियरतर्फको प्रतियोगिता सञ्चालन हुनेछ ।
