पोखरा अन्तर्राष्ट्रिय म्याराथनसहित साप्ताहिक/मासिक दौड सफल बनाउन अग्रज पत्रकारहरुको प्रतिवद्धता

पोखरा स्पोर्टस । मुलुककै पहिलो अन्तर्राष्ट्रिय म्याराथन–‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’सहित पहिलो पटक अभियानका रुपमा सुरू भएको साप्ताहिक/मासिक दौड सफल बनाउन पोखरेली अग्रज पत्रकारहरुले प्रतिवद्धता जनाएका छन् ।

नेपाली अग्रज खेलाडीहरुको छाता सस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले बिहिबार पोखरामा आयोजना गरेको एक छलफल कार्यक्रममा उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । सो अवसरमा कास्की पत्रकार महासंघका पूर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठ, अग्रज पत्रकार गगाधर पराजुली, प्रेस काउन्सिल नेपालका सदस्य केशव शरण लामिछाने, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष दिननाथ बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव परशुराम शर्मा आचार्य, नेपाल पत्रकार महासंघ गण्डकीका कार्यसमिति सदस्य बिजय नेपाललगायतले बोल्दै पोखराको गौरवको रुपमा स्थापित पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सफल बनाउन सबैको उत्तिकै सहकार्य आवश्यक रहने कुरामा समेत जोड दिए ।

सो अवसरमा उनीहरुले पोखरा जस्तो साँघुरो सडकमा आयोजना हुने पोखरा म्याराथनमा स्थानिय तथा चालकहरुमा अझै सचेतना आवश्यक रहने जनाउँदै धावकको शुरक्षालाई प्राथमिकतामा राख्नु पर्ने जनाए । सहभागिहरुले म्याराथनले पोखराको पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका खेलेको बताउँदै पर्यटन संगै विश्वमा बढ्दै गएको जलवायू परिवर्तनको विषयलाई जोड्न तथा आमा समुह र विभिन्न संघ–संस्थाहरुलाई समेत सो अभियानमा जोड्नु पर्ने कुरामा जोड दिए । उनीहरुले मञ्चले सुरू गरेको अभियान पुरा गर्न सबैको साथ आवश्यक रहेको विषय औंल्याउँदै वृहद ट्रष्टको स्थापना गर्न सके त्यसले अझै मुर्तरुपमा पाउनेमा सहज हुने धारणा राखे ।

मञ्चका अध्यक्ष दिल बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा रेसका डाइरेक्टर एवं मञ्चका पूर्व अध्यक्ष तेज बहादुर गुरूङले आफ्ना भनाई राख्दै मञ्चले म्याराथनसहित सुरू गरेको अभियानमा साथ दिन पोखरेली पत्रकारहरुलाई आग्रह गरे ।

कार्यक्रममा अग्रज पत्रकार कृष्ण प्रसाद बास्तोला, बद्रि बिनोद प्रतिक, राज बहादुर गुरूङ, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमवी आस्था, मञ्चका निवर्तमान उपाध्यक्ष सुरज श्रेष्ठ, पत्रकार दिपक कुमार श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close