
पोखरा स्पोर्टस । २४औं आहा रारा पोखरा गोल्डकपमा उज्वेकिस्तानको एक टोलीले सहभागिता जनाउने भएको छ ।
आहा रारा पोखरा गोल्डकप यहि माघ २२ गतेबाट पोखरा रंगशालामा सुरू हुँदैछ । सहारा क्लब पोखराको आयोजना सञ्चालन हुने प्रतियोगितामा पहिलो पटक सेन्ट्रल एसियाको देश उज्वेकिस्तानको एक स्थानिय क्लब पोखरा आउने तयारी गरेको सहारा क्लब पोखराले जनाएको छ ।

उज्वेकिस्तानका् टोली पोखरा आउने भए संगै आहा रारा गोल्डकपमा सहभागिता जनाउने १२ टिमको नाम पक्का भएको छ । उज्बेकिस्तानको ‘ब्ल्याक बुल्स एफसी’ पहिलो पटक पोखरा आउन लागेको हो । नेपालकै जस्तै भुभाग भपरिवेष्ठित मुलुकमा रहेको उज्बेकिस्तानका फुटबलरहरुको खेल २२ औं आहा रारा पोखरा गोल्डकपमा पोखरेली दर्शकले हेर्न पाउने भएका छन् ।
फागुन ३ गते सम्म पोखरा रंगशालामा सञ्चालन प्रतियोगितामा आयोजक सहारा क्लब पोखरासहित नेपाली ‘ए’ डिभिजनका क्लब विभागिय टोली एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, थ्रि स्टार क्लब, मछिन्द्र क्लब, संकटा यूथ क्लब, चर्च ब्वाइज युनाइटेड क्लब, एनआरटी फुटबल क्लबको सहभागिता हुनेछ ।
त्यसै गरी प्रतियोगितामा तीन विदेशी क्लबले सहभागिता जनाउने छन् । उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीसहित ब्रिगेड ब्वाइज क्लब यूके र थन्डर नर्थ युनाइटेड क्लब सिक्किम, भारतको टिमले २४ औं आहा रारा पोखरा गेल्डकपमा पहिलो पटक सहभागिता हुने छ ।
२४ औं आहा रारा पोखरा गोल्डकप सम्पन्न गर्न करिब १ करोड ५१ लाख आम्दानी हुने र १ करोड ४२ लाख २० हजार खर्च हुने आयोजकले सहारा क्लबले जनाएको छ ।
पोखरा महानगर पालिकाले संरक्षक्त्व रहेको आहा रारा पोखरा गोल्डकपमा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजनमा हुँदै आएको छ । त्यस्तै जयश्री फुड्स सह प्रायोजक तथा पोखरा महानगर पालिका वडा नं ९ उपप्रायोजक रहेको छ ।
क्लबले सञ्चालन गर्ने पोखरा गोल्डकपबाट संकलित रकम सहारा एकेडेमीमा आश्रित विपन्न वर्गका बालकहरुको फुटबल प्रशिक्षण संगै निशुल्क आवाश सुविधा प्रदान गर्दै आएको छ । एकेडेमीमा चौथो व्याचका ३० जना बालकहरु आश्रित रहेका छन् ।
