पोखरा, २२ फागुन । बुधबार देखि पोखरा रंगशाला स्थित भलिबल ट्रेनिङ सेन्टरमा महिला तथा पुरुष भलिबल छनोट शुरु भएको छ ।
छनोट खेलमा पुरुष तर्फ ११ जिल्ला र महिला तर्फ ९ जिल्ला सहभागि रहेको पश्चिमाञ्चल खेलकुद कार्यालयका नासु डिबी नेपालीले जानकारी दिए । उनी नेपाल भलिबल संघका केन्द्रिय सचिब समेत हुन ।
आज सम्पन्न पुरुषको छनोटमा पर्वतले मनाङलाई २५–१८,२२–२५ र २५–१९ ले पराजित गरेको छ भने बागलुङले लमजुङलाई २५–१७ र १७–१५ ले, स्याङजाले लमजुङलाई २५–२३, २५–१५ ले, नवलपुरले मुस्ताङलाई २५–१९, २५–१३ ले पराजित गरेको छ । त्यस्तै अन्य पुरुष तर्फको खेलमा पर्वत, म्याग्दी, स्याङजा र नवलपुर बिजयी भएका छन ।
यता महिला तर्फको खेलमा म्याग्दी, कास्की, पर्वत, मुस्ताङ र बागलुङले आ–आफ्नो खेल जितेका छन । भलिबल छनोट फागुन २५ गते सम्म जारी रहने छ ।
