नेवाः पुच युएईले भलिबल प्रतियोगिता गर्ने

केशब पाठक,
पोखरा, १४ साउन ।
युएईमा कार्यरत नेपालीहरुले यति बेला आफ्नो ध्यान खेलकुद तर्फ पनि लगाउन थालेका छन । नेवाः पुचः युएईले आफ्नो स्थापनाकालको अबसर पारेर खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो ।

संस्थाले आफ्नो स्थापनाकाल पछि पहिलोपटक ऐतिहासिक भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको जनाइएको छ । आफ्नो काम र पेशा संगै खेलकुद बाट नेपाली समाजलाई एकताबद्ध गर्न भलिबल प्रतियोगिताको आयोजना गर्न लागिएको नेवा पुच युएईले जनाएको छ ।

प्रतियोगिता बकर इदको दिन २०१८ अगस्त २३ मा अयोजना गरिने भएको हो । प्रतियोगितामा १८ टिमले मात्र सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि अगस्त १० सम्म टिम दर्ता गरिसक्नु पर्ने आयोजकले उल्लेख गरेको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले ३ हजार ५ सय दिराम र दोश्रो हुनेले २ हजार ५ सय दिरामका साथमा मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

नेपाली चुल्हो प्रमुख प्रायोजक रहेको यस कार्यक्रमको करिव ७० प्रतिशत तयारी पूरा भैसकेको प्रतियोगिता जेवेल अलि दुबई स्थित नुजाल भलिबल कोर्टमा हुने भएको छ ।

युएईको बर दुबई स्थित एभरेष्ट मार्सल आर्ट्सको हलमा भएको पत्रकार भेटघाटमा नेपाल पत्रकार महासंघ, युएईका अध्यक्ष भूपराज बस्यालले युएइमा रहेका विभिन्न महानुभाव, व्यबसायी, तथा खेल प्रेमीहरुको सहयोगले कार्यक्रम भब्य रुपमा सम्पन्न हुनेमा विश्वस्त रहेको बताए ।प्रतियोगिताको प्राविधिक सहयोग एभरेष्ट मार्शल आर्ट्सले गर्ने भएको छ भने प्रतियोगितामा सहभागिता जनाउने खेलाडीलाई आयोजकले खानको व्यवस्था समेत गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close