टाइगर कप भलिबलको ‘रेफ्रि डेलिगेट’मा ‘टहल सिंह’

पोखरा स्पोर्टस । ‘पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८१ को रेफ्रि डेलिगेटको जिम्मेवारी टहल सिंह थापाले पाएका छन् ।

छोटो समयमा नै राष्ट्रिय तथा अन्तर्राष्टियस्तरमा चर्चित बन्न सफल टाइगर कप भलिबल प्रतियोगिता पोखरा रंगशालामा यहि माघ १२ देखि १९ गते सम्म सञ्चालन हुँदैछ ।

एभिसी अन्तर्राष्ट्रिय रेफ्रि थापालाई नेपाल भलिबल संघले रेफ्रि डेलिगेटको जिम्मेवारी दिंदै प्रतियोगितालाई निश्पक्ष रुपमा सम्पन्न गर्न भनेको छ । पोखरामा हरेक वर्ष आयोजना हुँदै आएको टाइगर कपमा यो सहित चौथो पटक रेफ्रि डेलिगेटको भूमिकामा उनी रहने छन् । उनले पहिलो, तेस्रो, चौथो संस्करणको रेफ्रि डेलिगेट हुँदै प्रतियोगितालाई मर्यादित र अनुशासित रुपमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । 

गण्डकी प्रदेश भलिबल संघको महासचिव समेत रहेका थापाले बंगलादेश, हङकङ, नेपाललगायतमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा रेफ्रिको भूमिका निर्वाह गरिसकेका छन् ।

थापाले हालै काठमाण्डौमा सम्पन्न काभा मेन्स भलिबल च्याम्पियनसिपमा समेत रेफ्रिको भूमिका निर्वाह गरेका थिए ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना सञ्चालन हुने ‘पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगिता’मा महिलातर्फ ६ र पुरुषतर्फ ६ गरी १२ टिमको सहभागिता हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close