
पोखरा स्पोर्टस । दोश्रो सस्करणको केपी ओली कप २०८० आगामी फागुन ११ गतेदेखि १९ गतेसम्म हुने भएको छ । प्रतियोगितामा भारत र भुटानका क्लब पनि सहभागि हुने भएका छन् ।


केपी ओली कपको आयोजक राष्ट्रिय युवा संघ नेपालले काठमाडौँको बानेश्वरमा आज एक पत्रकार सम्मेलन गरी केपी ओली कपको बारेमा जानकारी दिएको हो । ‘जहाँ युवा, त्यहाँ खेलकुद’ भन्ने मुल नाराका साथ सुरु हुने खेलमा नेपालका ‘ए’ डिभिजन लिगका क्लब र विदेशी क्लबहरु सहभागी हुने अध्यक्ष क्षितिज थेवेले जानकारी दिएका छन् । प्रतियोगितामा भारत र भुटानका क्लब पनि सहभागि हुने उनले जानकारी दिए ।
खेलकुद र मनोरन्जन मार्फत युवाहरुमाझ प्रभाबकारी ढंगले कुरा राख्न सकिने भएकाले प्रतियोगिताको आयोजना गर्न लागिएको अध्यक्ष क्षेवेले उल्लेख गरेका छन् । सरकारले खेलकुद क्षेत्रलाई ध्यान नदिइरहेको बेला युवा संघले ऐतिहासिक प्रतियोगिता गर्न लागेको उनले बताए ।
पत्रकार सम्मेलनमा एमालेका पोलिटब्युरो सदस्य तथा युवा संघका इन्चार्ज महेश बस्नेतले युवा संघले गर्न लागेको प्रतियोगिताले समाजमा सकरात्मक सन्देश दिन बताए ।
प्रतियोगिता आगामी फागुन ११ गतेदेखि २० गतेसम्म काठमाडौँमा हुँदैछ । नकआउटका आधारमा सञ्चालन हुने खेल सेमिफाइनलसम्म च्यासल रंगशालामा हुनेछ भने फाइनल खेल दशरथ रंगशालामा हुने प्रतियोगिताका सह–संयोजक एवं युवासंघका नेता सम्पन्न श्रेष्ठले जानकारी दिएका छन् ।
प्रतियोगितामा नेपालका ए डिभिजनसहित विदेशका क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले ११ लाख रुपैँया र उपविजेताले ५ लाख रुपैँया प्राप्त गर्ने यूवा संघका महासचिब तथा प्रतियोगिताका संयोजक सुमन पुरीले जानकारी दिएका छन् ।
पहिलो सस्करणको केपी ओली कपको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।
