
पोखरा स्पोर्ट्स । नेपाली काँग्रेसअन्तर्गतको नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समिति– २०८१ को आयोजनामा सभापति कप फुटबल प्रतियोगिता माघ १० गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका ८ र आमन्त्रित २ विदेशी टोलीसहित १० पुरुष टिमको सहभागिता रहने आयोजक समितिका संयोजक महोनबहादुर बस्नेतले बिहीबार सानेपास्थित केन्द्रीय पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले २६ लाख र उपविजेताले १३ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । माघ १७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाइने छ ।
शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार पाउने समितिका सचिव पूर्णसिंह बोहराले जानकारी दिए । उत्कृष्ट पुरुष/महिला खेलाडी र निर्णायकलाई जनही १५ हजार नगदबाट पुरस्कृत गरिने छ । नेपाल तेक्वान्दो संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको उदीयमान खेलाडीले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छ ।
संयोजक बस्नेतले नेपालमा प्रजातन्त्र स्थापना गर्न योगदान दिएका विभिन्न स्वर्गीय व्यक्तित्वहरुको सम्मानमा विभिन्न खेलका प्रतियोगिता पनि आयोजना गर्ने बताए । यि प्रतियोगिताहरु भने नेपाल लोकतान्त्रिक खेलकुद संघले आयोजना गर्ने छ ।
