पोखरामा नेपाल चिन मैत्रीपूर्ण बास्केटबल भोलीबाट, ड्रागन र ट्रेल रेस पछि बास्केटबलमा चिनको चासो

पोखरा स्पोर्टस । पोखरामा नेपाल र चिन बिच मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता भोलीबाट पोखरा रंगशाला सुरू हुने भएको छ ।

खेलकुद कुटनितीमार्फत चिन पोखरामा आफ्नो पहुँच पुर्‍याउन आफ्ना गतिविधी बढाए संगै तेस्रो खेलको रुपमा बास्केटबलले स्थान पाएको हो । ट्रेल रेस, ड्रागन बोट रेस हुँदै चिन शुक्रबारबाट आधिकारिक रुपमा देशकै ठूलो पोखरा रंगशालामा प्रवेश गर्नेछ ।

चिनस्थित युनान प्रान्तको एक विश्वविद्यालयको टिम नेपालका विभिन्न तीन टिम संगै मैत्रीपूर्ण बास्केटबल प्रतियोगिताको तयारी गरिएको गण्डकी प्रदेश बास्केटबल संघका अध्यक्ष एवं प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

पोखरा आएको युनान प्रान्तको विश्वविद्यालयको एक टिमलाई अध्यक्ष गुरुङले स्वागत समेत गरेका थिए ।

अध्यक्ष गुरूङका अनुसार चिनियाँ टिम संग कास्की जिल्ला टेनिस, पोखराको प्रतिभा मावि र काठमाण्डौको गोल्डेन गेट इन्टरनेशनल कलेज सहभागि हुनेछ । युनान प्रान्तबाट भने त्यहाँ स्थित युनान नर्मल विश्वविद्यालयको सहभागिता हुनेछ ।

ड्रागन बोट रेस प्रतियोगिताकै अवसर पारेर आएको टोलीले पोखरामा मैत्रीपूर्ण बास्केटबल खेल्न लागेको अध्यक्ष गुरुङले बताए । उनले भने–“यो महत्वपूर्ण अवसर हो । मैत्रीपूर्ण खेलले हाम्रो यूवा टिमले सिक्ने अवसर पाउनेछ भने दुई देश बीचको सम्वन्धलाई समेत थप बलियो बनाउनेछ ।”

तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा बिजेता टिम तथा खेलाडीहरुलाई नगद पुरस्कार ३० हजार, २० हजार, १० हजार, ५ हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र समेत प्रदान गरिने छ ।

चिनस्थित युनान प्रान्तको टिम युनान नर्मल विश्वविद्यालयका प्रशिक्षक औ याङ यू ह्वा सहित खेलाडीहरुमा क्यू छु, छु सि जि, यू ली ह्वाँ, ना हान, याङ रु यी, जियाङ पान, झाङ ना, यि जिन ह्वा, लुओ पेई र लि यान ली रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close